भारतीय सेना प्रमुखलाई नारायणकाजिको कडा जवाफ -“नेपाल कसैको उपनिवेश होइन”

काठमाडौँ – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले लिपुलेकबारेको भारतीय सेना प्रमुखले दिएको अभिव्यक्ति प्रति आपत्ति जनाएका छन्। शनिबार ट्वीट गर्दै श्रेष्ठले आपत्ति जनाएका हुन्।

कालापानी, लिपुलेक, लिम्यियाधुरा तथा नेपाली भूमिमा भारतले सडक निर्माण गरेको विषयमा भारतीय सेना प्रमुख जनरल मनोज नरवणेले दिएको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दा श्रेष्ठले सच्च्याउन भनेका छन्। सार्वभौम र स्वतन्त्र देशको रूपमा नेपाल उभिइरहेको पनि श्रेष्ठले ट्वीटमा उल्लेख गरेका छन्।

“भारतीय सेना प्रमुख जनरल मनोज नरवणेले कालापानी, लिपुलेक, लिम्यियाधुरा तथा नेपाली भूमिमा भारतले सडक निर्माण गरेको विषयमा नेपालले राखेको अडान प्रति दिएको अभिव्यक्ति आपत्तिजनक छ।”,ट्वीट गर्दै श्रेष्ठले भनेका छन्,”नेपाली जहिले पनि सार्वभौम र स्वतन्त्र देशको रूपमा उभिने गरेको छ। उनले यसलाई सच्याउनुपर्छ”

नेपाल कहिले पनि कसैको उपनिवेश नभएको र अब पनि कसैलाई नेपालको भूमि कब्जा गर्न र आन्तरिक मामिलामा हस्तक्षेप गर्न दिन नसकिने नसकिने श्रेष्ठले स्पष्टसँग उल्लेख गरेका छन्।

पुर्खाले मातृभूमिलाई बचाएको प्रति गर्व गर्दै पुर्खाप्रति वफादार भएर भूमिको रक्षा गर्ने र आफ्नो पक्षमा उभिन कसैले उचाल्नु नपर्ने श्रेष्ठको भनाई छ। साथै उनले कुटनीतिक तवरबाटै सीमा विवाद हल गर्न तयार रहेको पनि ट्वीटमा उल्लेख गरेका छन्।

“नेपाल कहिले पनि कसैको उपनिवेश होइन र कसैलाई भूमि कब्जा गर्न र आन्तरिक मामिलामा हस्तक्षेप गर्न दिन पनि सक्दैन। हामी हाम्रो पुर्खालाई गर्व गर्छौं जसले हाम्रो मातृभूमिलाई बचाए। पुर्खाको परम्पराप्रति वफादार भएर हामी यसको रक्षा गर्न प्रतिबद्ध छौं।”,ट्वीट गर्दै उनले भनेका छन्।

भारतीय सेना प्रमुखले के भनेका थिए ?

पाली भूमिमा सडक निर्माण गरेको विषयमा नेपालले विरोध जनाइरहेका बेला भारतीय सेना प्रमुख मनोज मुकन्द नरवानेले भारतीय भूमिमै सडक निर्माण भएको दावी गरेका थिए ।

शुक्रबार भारतीय सेना प्रमुख नरवानेले पालले अर्कैको इसारामा लिपुलेकको विषयमा कुरा उठाएको लगाउँदै भारतीय भूमिमै सडक निर्माण भएको दावी गरेका थिए ।

कुनै देशको नाम नलिएपनि उनले लिपुलेकको विषयमा नेपाललाई अर्को देशले उचालेको उनको आरोप थियो । भारतीय थिंक ट्यांकले आयोजना गरेको वेविनारमा सडक भारतीय भूमिमा बनेको हुँदा विरोध हुनु बेकार रहेको उनको तर्क थियो।

“वास्तवमा नेपाली राजदूतले काली नदी पूर्वी क्षेत्र नेपालको हो भनेर उल्लेख गरेका छन्। त्यसमा कुनै विवाद छैन। हामीले बनाएको सडक नदीको पश्चिम तर्फ हो। त्यसैले पनि उनीहरुले के कुरामा विरोध जनाइरहेका छन् मलाई थाहा छैन।”,उनले भनेका थिए,”त्यसैले पनि यो विश्वास गर्न सकिन्छ कि उनीहरुले कसैको इसारामा यस विषयलाई उठान गरिरहेका छन्। र यो सम्भव पनि छ।”

प्रकाशित : शनिबार, जेठ ०३, २०७७१३:१७

मृत्यु भएकी महिलाको गाउँमा सेना परिचालन गरियो !