भक्तपुर – काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा बिहीबार मृत्यु भएकी महिलाको श-व व्यवस्थापन गर्न भक्तपुर अस्पतालको एम्बुलेन्ससहितको टोली गएको छ ।
श-व बोक्नका लागि एम्बुलेन्ससहितको टोली आज साँझ ७ः३० बजे भक्तपुर अस्पतालबाट धुलिखेल अस्पताल प्रस्थान गरेको हो । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, नेपाली सेना वीरदल गणका गणपति कर्णेल शिव पौडेलसहितको सुरक्षाकर्मीको टोली र श-व व्यवस्थापनका लागि उद्धार टोलीका अरुण सैँजु र राजेश गाईजुको टोली धुलिखेल अस्पताल प्रस्थान गरेको हो ।
श-व बोक्न कुनै पनि श-वबाहन तयार नभएपछि भक्तपुरबाट एम्बुलेन्स मगाएको काभ्रे प्रहरीले जानकारी दिएको छ । धुखिलेल अस्पतालबाट श-वलाई पशुपति आर्यघाटको विद्युतीय श-वदाह गृहमा दा-हसंस्कार गरिने भएपछि त्यसको सबै काम उद्धार टोलीका सैजु र गाईजुले गर्ने भएका छन् ।
मृत्यु भएकी महिलाको गाउँमा सेना परिचालन गरियो !
जिल्ला सुरक्षा समितिको बैठकले बाह्रबिसे नपा–९ की २९ वर्षीय महिलाको कोरोना भाइरसँग मिल्दोजुल्दो लक्षण देखिएको र स्वाब परीक्षण भइरहेको हुँदा सम्भावित सङ्क्रमणलाई रोक्न उक्त गाउँ सिल गरिएको हो ।
सो नपाको वडा नं ९ तथा बलेफी गाउँपालिका वडा नं ८ र ९ सिल गरिएको छ । ती महिलाको माइती बलेफी–९ मा पर्ने हुँदा उक्त क्षेत्र पनि सिल गरिएको हो । उक्त सिल गरिएका ठाउँबाट कोही कसैलाई बाहिर जान नदिने र अन्य कोहीलाई आउन पनि नदिइने भएको छ ।
सिल गरिएका ठाउँका स्थानीयलाई घर बाहिर निस्कन नदिइने र त्यसको व्यवस्थापन गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनासमेतलाई जिम्मा दिइएको छ ।