काठमाडौँ – बाह्रबिसे नपा–९ की २९ वर्षीय महिलाको कोरोना भाइरसकै कारण मृत्यु भएको पुष्टि भएको छ।
उनको कोरोना भाइरस संक्रमणकै कारण ज्यान गएको बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले बताएका छन्। उनले सामाजिक संजाल फेसबुक मार्फत महिलाको कोरोनाकै कारण ज्यान गएको पुष्टि भएको बताए। उनका अनुसार ती महिलाको मृत्यु कोरोनाबाट भएको चिकित्सकीय अनुसन्धानको निष्कर्ष छ।
यस्तै आइतबार नै विज्ञ प्राविधिक टोली संक्रमित क्षेत्रमा जाने र कन्ट्याक ट्रेसिङ गरी आवश्यक सबैको पिसिआर परिक्षण गर्ने तयारी गरिएको पनि उनले जानकारी गराएका छन्।
बिहीबार मृत्यु भएकी ती महिलाको दाह संस्कार गर्ने तयारी गरिएको छ । कोभिड–१९ भाइरसका कारण मृत्यु भएको व्यक्तिको शव सुरक्षा निकायको समन्वयमा दाहसंस्कार गर्ने व्यवस्था छ । सोहि व्यवस्था अनुसार दाह संस्कार गर्ने तयारी गरिएको छ ।
उनको शव व्यवस्थापन गर्न भक्तपुर अस्पतालको एम्बुलेन्ससहितको टोली भक्तपुर गैसकेको छ । हानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, नेपाली सेना वीरदल गणका गणपति कर्णेल शिव पौडेलसहितको सुरक्षाकर्मीको टोली र श-व व्यवस्थापनका लागि उद्धार टोलीका अरुण सैँजु र राजेश गाईजुको टोली धुलिखेल अस्पताल प्रस्थान गरेको हो ।
श-व बोक्न कुनै पनि श-वबाहन तयार नभएपछि भक्तपुरबाट एम्बुलेन्स मगाएको काभ्रे प्रहरीले जानकारी दिएको छ । धुखिलेल अस्पतालबाट श-वलाई पशुपति आर्यघाटको विद्युतीय श-वदाह गृहमा दा-हसंस्कार गरिने भएपछि त्यसको सबै काम उद्धार टोलीका सैजु र गाईजुले गर्ने भएका छन् ।