भारतमा कोरोना नियन्त्रणमा आउने अवस्था देखिएन, २४ घण्टामा हाल सम्मकै धेरै संक्रमित भेटिए !

सांकेतिक तस्विर

एजेन्सी – भारतमा बितेको २४ घण्टामा हाल सम्मकै बढी कोरोना भाइरस संक्रमित फेला परेका छन्। बितेको २४ घण्टामा त्यहाँ करिब पाँच हजार कोरोना भाइरस संक्रमित फेला परेका हुन्। जससँगै भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९० हजार ९ सय २७ पुगेको छ।

भारतीय संचार माध्यमहरुका अनुसार करिब पाँच हजार कोरोना भाइरस संक्रमित फेला परेको यो पहिलो पटक हो। शनिबार ८ बजे पछि मात्रै भारतमा ४ हजार ९ सय ८७ जना कोरोना संक्रमित फेला परिसकेको बताइएको छ।

भारतमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २हजार ८ सय ७२ पुगेको छ। जसमध्ये १ सय २० जनाले बितेको २४ घण्टामा ज्यान गुमाएका हुन्।

पछिल्ला दिनहरुमा भारतमा कोरोना भाइरस संक्रमतिको संख्या निरन्तर बढिरहेको छ। शुक्रबार मात्रै भारतले कोरोना भाइरस संक्रमितको संख्यामा चीनलाई पछाडी पारेको थियो। केहि दिनमै भारतमा संक्रमितको संख्या लाख नाघ्ने संकेत देखिएको छ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार उपचार पश्चात ३४ हजार १ सय ८ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किसकेका छन् भने ५३ हजार ९ सय ४६ जनाको उपचार चलिरहेको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुका अनुसार भारतमा करिब ३७ प्रतिशत संक्रमित निको भइसकेका छन्।

कोरोना भाइरस संक्रमणका कारण सबै भन्दा बढी मृत्यु महाराष्ट्रमा भएको छ। त्यहाँ १ हजार १ सय ३५ जनाले ज्यान गुमाएका छन्। महाराष्ट्र पछि सबै भन्दा बढी गुजरातमा ६ सय २५, मध्य प्रदेशमा २ सय ४२, पश्चिम बंगालमा २ सय ३२, दिल्लीमा १ सय २९ जनाको ज्यान गएको छ।

प्रकाशित : आइतबार, जेठ ०४, २०७७०६:०१

दशगजाभन्दा ५० मिटरभित्र घुसेर एसएसबीले गर्यो नेपाली भूमि कब्जा !