भगवान शिवले किन जहिले पनि लगाउँछन् बाघको छाला ? यस्तो छ कारण !

काठमाडौँ । हातमा त्रिशुल , शिरमा चन्द्रमा, गलामा नागको माला अनि बाघको छाला बेरेको तस्वीर देख्ने साथै तपाई भगवान शिवलाई पुकार्ने गर्नुहुन्छ । निकै आश्चर्य लाग्ने भगवान शिवको स्वरुप निकै रोचक हरको छ । उनको स्वरुप देख्ने जो कोहीले सोच्ने गर्छन् भगवान शिवले किन लगाउँछन् यस्तो पहिरन ?

यो प्रश्नको जवाफ शिव पुराणमा पाउन सकिन्छ । जसमा शिव र बाघसँग रहेका केही प्रसंगलाई जोडिएको छ । पैराणिक कथा अनुसार भगवान शिव एकपटक जंगलमा गएका थिए । जहा शिव पुगे त्यहाँ इक ऋषिमुनीको बास्थान रहेको थियो । ऋषि परिवारको साथमा उक्त जंगमा बस्थे । शिवजी जंगलमा निवस्त्र घुम्ने गर्थे ।

तर आफु नाङ्गै जंगलमा घुमिरहेको छु भन्ने कुरा भने शिवलाई थाहा थिएन् । यसरी जंगलमा निवस्त्र घुम्ने शिवजीको आर्कषक शरिर देखेर ऋषिमुनीका पत्नीहरु शिवप्रति आकर्षित हुन थाले । त्यसपछि ऋषि सबै काम छोडेर ऋषिका पत्नीहरु शिवजीको पछि लाग्ने थालेपछि ऋषिलाई निकै तनाव भयो र शिवसँग ऋषि क्रोधित भए ।

तर ऋषिले निवस्त्र हिड्ने शिव हुन भनेर चिन्न सकेनन् । त्यसपछि ऋषिले निबस्त्र हिड्नेलाई सजाय दिने सोच बनाए । त्यसपछि शिवजीको लागि पासो थाप्न ठूलो खाडल बनाए । त्यो ठूलो खाडलमा बाघ पनि राखिदिए जबकी त्यहाँ पर्ने व्यक्तिलाई बाघले खाओस भन्ने चाहन्थे ऋषि ।

तर त्यो हुन सकेन । त्यो खाल्डो भित्र पसेका व्यक्ति बाहिर निस्कदा बाघको छाला बेरेर निस्किए । खाडल भित्र पसेका शिवजीले बाघलाई मारेर बाघको छाला धारण गरेर निस्किए । त्यसपछि मात्रै थाहा पाएकी ति सामान्य व्यक्ति हैनन् । त्यहि दिनदेहि भगवान शिवले बाघको छाला धारण गरेर हिडेको पुराणमा उल्लेख गरिएको छ ।

प्रकाशित : आइतबार, जेठ ०४, २०७७०७:२४

सावधान ! हरेक दिन अशुभ हुन्छ यो समय, भुलेर पनि नगर्नुस् शुभ कामको सुरुवात !