सावधान ! हरेक दिन अशुभ हुन्छ यो समय, भुलेर पनि नगर्नुस् शुभ कामको सुरुवात !

काठमाडौँ । हिन्दु शास्त्र अनुसार हिन्दु धर्मावलम्बीहरुले हरेक शुभ कार्य गर्दा शुभ मूहूर्त हेर्ने परम्परा रहेको छ । शुभ कामको लागि शुभ साइत जुराएर कामको सुरुवात गरे सफल हुने धार्मिक मान्यता रहेको कारण साइत जुराउने चलन रही आएको छ ।

अशुभ समयमा शुभ काम थालियो भने काममा सफलता हैन असफलता प्राप्त हुने विश्वास रहेको छ । जुन बेला राहुको समय चलेको हुन्छ त्यो समयमा शुभ कार्य गर्न नहुने धार्मिक मान्यता रहेको छ । शनिग्रहपछि अशुभ मानिएको राहुको छायाँले गर्दा अशुभ फल प्राप्त हुने गर्दछ ।

हरेक दिन राहुको समय ९० मिनेट हुने भएकाले त्यो समयमा कार्य गर्नु शुभ मानिदैन् । सर्योदयदेखि लिएर सूर्यास्तसम्म आठौँ भागको स्वामीलाई राहु मानिन्छ । त्यसकारण हरेक दिन राहुको सयम चलेको बेला शुभ कार्य गर्न नहुने बताएको छ । जान्नुहोस् कुन समय हो त राहुको ।

१.सोमबार राहुकालको समय बिहान ०७ ः४५ देखी ९ः१५ बजेसम्म रहनेछ।

२.मंगलबार राहुकालको समय दिउसो ०३ः१५ देखी ०४ः४५ बजेसम्म रहनेछ।

३.बुधवार राहुकालको समय दिउसो १२ः१५ देखी ०१ः४५ बजेसम्म रहनेछ।

४.बिहिबार राहुकालको समय दिउसो ०१ः४५ देखी ३ः१५ बजेसम्म रहनेछ।

५.शुक्रवार राहुकालको समय बिहान १०ः४५ देखी १२ः१५ बजेसम्म रहनेछ।

६.शनिवार राहुकालको समय बिहान ९ः१५ देखी १०ः४५ बजेसम्म रहनेछ।

७.आइतबार राहुकालको समय बेलुका ०४ः४५ देखी ६ः१५ बजेसम्म रहनेछ।

प्रकाशित : आइतबार, जेठ ०४, २०७७०७:२६

किन दान दिएको कुरा गोप्य राख्नुपर्छ ? यस्तो छ अनौठो रहस्य !