किन दान दिएको कुरा गोप्य राख्नुपर्छ ? यस्तो छ अनौठो रहस्य !

काठमाडौ । दान भनेको अरुलाई दुख परेको बेला आफ्नो निस्वार्थ भावले , शुद्ध मनले आफुले सकेजति सहयोग गर्नु हो । अर्थात हामीले आफ्नो शुद्ध तन ,मन र धनले अरुको दुखमा साथ दिनु हो । हाम्रो समाजमा जो हुने खाने छ , उसले दुखी,गरिब र अप्ठेरोमा परेकालाई लुगा , पैसा दान गर्ने चलन छ ।

अहिले र पहिले
तर अहिले र पहिलेमा दानको स्वरुपमा आकाश र जमिनको फरक छ । किनभने अहिले मानिसहरु कर्मकाण्ड , दान देखावटी वा टार्ने मात्र गर्दछन् ।अहिले धर्मकर्म र सहयोग भन्ने कुरा सबै बाहिरी देखावटी स्वार्थी चिज बनेको छ ।अझ भनौ सबै भौतिवादी भएका छन् । तर पहिले भगवानलाई खुसी बनाउन ,दुखमा परेकालाई राहत दिन आफ्नो सकेको निस्वार्थ भावले सहयोग गर्ने चलन थियो ।

सहयोग र सेल्फी
अहिलेको समयमा सहयोग भन्ने कुरा मोबाइलको सेल्फीमा निर्भर भएको छ । उदाहरण, भर्खरै तराईको बारा र पर्सामा आधीँले मानसिहरुको जीवन तहसनहस बनायो । जहाँ कतिले ज्यान गुमाए , कतिले परिवार र घरवार गुमाए । जहाँ देशका विशिष्ट व्यक्तिहरु देखि लिएर कलाकार र सामान्य मानिसहरुको सहयोग गर्नेको लहरै चल्यो ।

त्यसैले बारा र पर्सामा सहयोगको लागी कोही खानेकुरा बोकेर , कोही लत्ताकपडा , कोही त्रिपाल लिएर उद्धारको लागी पुगे । यसरी जुटेको सहयोग देख्दा आम नेपालीहरुको आखाँ रसायो । तर दुखलाग्दो कुरा केही सेलिब्रेटी र विशिष्ट व्यक्तिहरु सहयोगको नाम स्वार्थ भाव, कोही नामको लागी र कोही दामको लागी पुगे । जहाँ कसैले १ वटा सुन्तला सहयोग गदै पत्रकारलाई फोटो खिचाए , कसैले १ वटा स्याउ । त्यसैले अहिले सहयोगी हातहरु पनि स्वार्थी बन्दै गएका छन् ।

किन दान दिएको कुरा गोप्य राख्नुपर्छ ?
वास्तवमा पितापूर्खा देखि नै दान वा कसैलाई सहयोग गरेको कुरा गोप्य राख्नु पर्ने मान्यता रहेको छ । किनभने कोही संकट , अभाव र दुखमा परेका बेलामा मानवीय भावले सहयोग गर्नु कुनै स्वार्थ र चर्चा हुदैन् । त्यसैले दान दिनपछि पुर्खाहरुले गोप्य राख्नुपर्छ भनेर प्रवृतिको विकास गरिदिए । त्यसैले उनीहरुले कसैलाई दान गरेको कुरा भन्दै हिडनुपर्छ , कति दिइयो , कसले दियो भनेर खुलाउन चाहेनन् । पुर्खाहरुको अनुसार आफुले दान गरेको कुरा कसैलाई सुनाएमा त्यसबाट फल प्राप्ति नहुने बताउछन् । तर अहिले ठिक विपरित छ ।

प्रकाशित : आइतबार, जेठ ०४, २०७७०७:३६

सरस्वती मातालाई खुशि पार्न घरमा राख्नुहोस् यी चिज, हरेक काममा मिल्नेछ सफलता !