दैनिक जीवनमा आइपर्ने दुख, कष्ट, बाधा, अड्चनबाट मुक्ति पाउन यसरी गर्नुहोस् भगवानको पूर्जा !

काठमाडौँ । धर्म गर्न मन्दिर धाउनु पर्दैन । यदि तपाईले आफ्नो दैनिकीलाई परिवर्तन गर्न सक्नुभयो भने भगवानलाई प्रसन्न बनाउन मन्दिर पुग्ने समयको बचत हुन्छ । विशेषत हिन्दु धर्मावलम्बीहरु भवगवानलाई प्रसन्न बनाउन घरमा विभिन्न किसिमले पुजा आरधना गर्ने गर्छन् ।

यद्यपी धार्मिक शास्त्रमा उल्लेख भएअनुसार व्यक्तिले आफ्नो दैनिकिलाई परिवर्तन गर्न सके भगवान आफै प्रसन्न हुने बताइएको छ ।आफुले गरेको कडा मेहनत र परिश्रमको फल पाउन नसक्दा मानिसहरु निरास हुने गर्छन् । त्यसकारण आज हामी तपाईहरुलाई देनिक जीवनमा आइपर्ने यस्ता बाधा अड्चनाहरुबाट कसरी मुक्ति पाउने भन्ने बारे बताउन गइरहेका छौँ ।

१.यदि तपाईले सोचेको काम पुरा हुँदैन भने राती सुत्ने बेलामा तामाको भाँडामा पानी भरेर राख्नुहोस् । त्यसपछि बिहान उठेर शिरदेखि पाउसम्म सात पटक चोख्याउनुहोस् तपाईका बन्न नसकेका हरेक कामहरु सफलताको साथ सम्पन्न हुन्छन् ।

२.कडा मेहनत र परिश्रम गर्दा पनि आफुले सोचेजस्तो काम हुँदैन् भने नियमित गाईको पुजा गर्नुहोस् । गाईलाई लक्ष्मीको रुपमा पुजिने भएकाले गाईलाई मिठा मिठा परिकारहरु बनाएर खुवाउने गर्दा माता लक्ष्मी प्रसन्न भई प्रशस्त धन आर्जन गर्न सकिन्छ ।

३.मंगलबारको दिन मन्दिर गएर ७ पटक हनुमान चालिसा पढ्ने र ६ वटा नरिवल भगवान सामु चढाउने र प्रसाद स्वरुप सबैलाई बाँडी आफु पनि खाने गर्दा जीवनमा सोचेभन्दा बढी सफलता हासिल गर्न सकिन्छ ।

५.आफुले इष्ट देवताको रुपमा मान्दै आएको भगवानको नियमित पुजा गरेमा सोचेभन्दा धेरै कामहरु सफल बन्ने कुरा धार्मिक शास्त्रमा उल्लेख गरिएको छ ।

५.बिहान सबेरै उठेर सूर्य देवलाई तामाका भाँडोबाट जल अर्पण गरेर पुजा आरधना गर्नाले दैनिक जीवनमा आइपर्ने दुख कष्ट नाश भएर जान्छ ।

प्रकाशित : आइतबार, जेठ ०४, २०७७०७:५१

यस्ता नारी हुन्छन् सौभाग्यशाली , कसरी चिन्न सकिन्छ त ?