काठमाडौ । ज्योतिषी शास्त्रीका अनुसार आफ्नो राशीले पनि कुन काम गर्ने कुन काम नगर्ने भन्ने पहिचान गर्ने बताउछन् । किनभने राशीले तपाईले गर्ने हरेक कामलाई असर गर्छ । हेरौ कुन राशीलाई के काम राम्रो ?
मेष राशी
मेष राशी हुनेहरुको लागी सेना, प्रहरी जस्ता सहासिला काम गर्दा राम्रो हुन्छ । किनभने मेष राशीलाई मङ्गलग्रहको मालिक मानिन्छ । त्यस्तै डाक्टर, पाइलट र होटल व्यवसायसँग सम्बन्धि कामहरु पनि राम्रै हुनेछ ।
वृष राशी
बृष राशी हुनेहरुको लागी पर्यटन, वकालत, प्रशासनिक र कलाकारिता क्षेत्रमा सफलता मिल्नेछ । किनभने यो राशी भएका मानिसहरु अत्यन्तै सहनशील र मिहेनती हुन्छन् । त्यसैले यो राशीलाई शुक्र ग्रहको मालिक मानिन्छ ।
मिथुन राशी
मिथुन राशी हुनेहरुको लागी सञ्चार, टेक्नोलोजी, सफ्टवेयर डिजाइनिङ, स्टक एक्सचेन्ज, वाणिज्य, व्यापारजस्ता काममा सफलता मिल्नेछ । किनभने यो राशी भएका व्यक्तिहरु निकै तेजिलो दिमाखका हुन्छन् । जसले हरेक काम छिट्टै सिक्न सक्छन् । त्यसैले यिनीहरु यी वाहेक साहित्य , तर्क दिन सजिलै सक्ने हुन्छन् ।
कर्कट राशी
यो राशी हुनेहरुको लागी व्यापार, खेतीपाती, पशुपालन, प्रशासनिक काम धेरै राम्रो हुन्छ । जसले यी वाहेक अभिनय, राजनीति, सल्लाहकार, वकालतमा पनि ठुलो सफलता हात पार्न सक्छन् ।
सिंह राशी
यो राशी हुने व्यक्तिहरुले सेना, प्रहरी, सुरक्षा, सङ्गठन, उद्योग, व्यवस्थापन, ज्योतिषजस्ता काममा धेरै सफलता पाउछन् । किनभने यो राशीको मालिक सुर्य मानिन्छ । यो राशी भएकाहरु आफ्नो लक्ष्यमा सधै एकतत्र भएर लाग्ने र सत्य कुरा गर्न जस्तैसुकै अवस्थामा पनि डराउदैन् ।
कन्या राशी
कन्या राशी भएकाहरुको लागी अफिसर, वकिल, सल्लाहकार, शिक्षक, प्राध्यापक आदिको जागिर एकदमै राम्रो हुन्छ । किनभने यो राशी भएकाहरु आफ्नो बुद्धी र तर्कले मात्र काम गर्ने स्वभावका हुन्छन् । त्यस्तै यिनीहरुले कला , साहित्य र प्राविधिक क्षेत्रको काम गरेपनि शुभ नै हुन्छ ।
तुला राशी
तुला राशी भएका व्यक्तिहरुको नृत्य, गीत, सङ्गीत, कला, लेखनजस्ता क्षेत्रमा इच्छा राख्ने भएकाले राजनीति, , कलाकारिता , सञ्चार क्षेत्रमा सफलता मिल्नेछ । यो राशी भएका व्यक्तिहरुले यी वाहेक जीवनमा प्रशस्त धन कमाएर परिवारलाई सुख दिने स्वभावका हुन्छन् । त्यसका साथै पढाईमा समेत सधै अब्बल हुन्छन् ।
वृश्चिक राशी
यो राशीको पनि मङ्गल ग्रह मालिक भएकाले माछापालन, हाँसपालन, सेना र प्रशासनिक क्षेत्रमा काम गरेमा राम्रो हुनेछ । त्यसका साथै यिनीहरु साहित्य क्षेत्रमा पनि चासो राख्ने भएकाले अनुसन्धान , लेखन सम्बन्धी क्षेत्रमा छिटोछिटो प्रगति गर्न सक्छन् ।
धनु राशी
यो राशी हुनेहरुको लागी पनि प्रशासन ,शिक्षक , होटल , पत्रकारिता क्षेत्रको काम गरे राम्रो हुनेछ । किनभने यी राशीहरु हेर्दा सोझो देखिएपनि हरेक क्षेत्रमा अब्बल हुन्छन् ।
मकर राशी
यो राशी भएकाहरुको लागी इन्जिनियरिङ, व्यवस्थापन, मार्केटिङ, बिमा, बैङ्किङ, एकाउन्ट आदि कामहरु एकदमै राम्रो मानिन्छ । तर विचार गर्नुस् , शनि ग्रहको थोरै असर रहन्छ ।
कुम्भ राशी
कुम्भ राशी भएकाहरुको लागी पत्रकारिता , कम्त्युटर सम्बन्धी काम, ज्योतिषी जस्ता कामहरुमा सफलता मिल्नेछ । यो राशीको मालिक पनि शनी नै हो । त्यसैले काम गर्ने बेलामा विचार गरेर मात्र गर्नुपर्छ ।
मीन राशी
यो राशी हुनेहरुले वैज्ञानिक शोध, सेना र इन्जिनियरिङ क्षेत्रमा राम्रो सफलतामा पाउछन् । त्यसका साथै लेखन, साहित्य, कविता, दर्शन, मनोरञ्जन, हाँस्य विधा, इलेक्ट्रोनिक्स, मेकानिक, अध्ययन, अध्यापनमा पनि अब्बल नै हुन्छन् । किनभने यो राशीको मालिक वृहस्पति हो ।