काठमाडौँ, जेठ ४ । यतिबेला सामाजिक संजालमा भारतले नेपाल प्रति गरिरहेको ज्यादतीको विरोध भइरहेको छ । हाल लिपुलेक र कालापानीको विषय, निकै विवादित बनिरहेको बेला बलिउड नायिका अनुष्का शर्मा निर्मात्री रहेको ‘पाताल लोक’ नामको सिरियलमा नेपाली महिलालाई जोडेर निकै तु-च्छ गाली गरिएको छ ।
बलिउडले नेपालीको अपमान गर्ने कार्यलाई निरन्तरता दिँदै नेपाली महिलालाई जोडेर यस्तो अपमानजनक गाली गरेपछि अहिले सामाजिक संजालमा यसको विरोध भैरहेको छ । अमेजन प्राइम सिरिजमा प्रसारण भइरहेको सिरियल ‘पाताल लोक’ को पहिलो सिजनको दोस्रो एपिसोडको ३ मिनेट ४१ सेकेन्डमा महिला पुलिसले एक युवतीमाथि कु-टपिट गर्दै यौ’न धन्दा गर्ने नेपाली अर्थको गाली गरेकी छिन् । उक्त भिडियो प्रलक्ष नामका एक व्यक्तिले सामाजिक संजालमा शेयर गरेका थिए। ति पुलिसकर्मीले युवतीमाथि कु-टपिट गर्दै भनेकी छिन्, ‘साथी हो कि ग्राहक हो ? धन्धा गर्छेस नेपाली र-न्डी’
यसरी नेपाली महिलाको अस्मिता माथि प्रयोग भएको निच र अपमानजनक शब्दप्रति नेपाली अभिनेत्री रेखा थापाले बिरोध जनाएकी छिन् । उनले लेखेकी छिन्, “एकातिर जमिन अ-तिक्रमण गरेर हाम्रो सर्वभौमिकता माथि धावा बोल्ने, भएन भनेर बलिउडका फिल्म र सिरियलमा नेपालीको मान मर्दन हुने गरेर प्रस्तुत गर्ने दा’दागिरीको घोर भ्रत्सना गर्दछु । पातल लोक नामक सिरियलमा नेपाली महिलाको अस्मिता र हाम्रो सार्वभौम देशको स्वाभिमानी छोरीहरुलाई जुन निच शब्द प्रयोग गरिएको छ त्यो घोर आ’पत्तिजनक छ । त्यती मात्र होइन एस्तो भाषा र हेपाह प्रब्रितीले बलिउडका फिल्म, कला साहित्यको नारी प्रतिको असहिष्णुता र सोचको स्तर पनि देखाएको छ । एसको निर्माण सम्बद्द पक्षले तुरुन्तै माफि मागोस र रेकर्ड बाट हटाइयोस । कुन देशका छोरी बहादुर छन भन्ने ईतिहास साक्षी छ, हामीले कुनै सिरियल वा कठपुतली बनेर फिल्म खेल्ने सँग सिक्नु छैन । यता नेपालमा भारतीय सिनेमाको दलाली गर्ने, लाइन लागेर हेर्ने र घर-घर मा हिन्दी सिरियल हेर्ने भिड पनि होसमा आओस ।”