काठमाडौँ – कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएकी बाह्रबिसे नपा–९ की २९ वर्षीय महिलाको १२ दिने नवजात शिशुमा जण्डिस देखिएको छ ।
धुलिखेल अस्पतालका प्रवक्ता सुमनराज ताम्राकारले शिशुमा जण्डिस देखिएको पुष्टि गरेक छन्। जण्डिस देखिएपछि ती शिशुको धुलिखेल अस्पतालमा उपचार चलिरहेको छ। आइतबार बिहान सम्म स्वास्थ्य अवस्था सामान्य नै रहेका ती शिशुमा थप परिक्षण गर्दा जण्डिस देखिएको अस्पतालको भनाई छ।
सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-९ की २९ वर्षीया महिला वैशाख २३ गते टिचिङ अस्पतालमा भर्ना भएर २४ गते सुत्केरी भएपछि उनी २५ गते डिस्चार्ज भएकी थिइन्।
डिस्चार्ज भएर घर पुगेपछि ज्वरो, स्वासप्रश्वासलगायतका समस्या देखिएपछि पुनः उनलाई धुलिखेल अस्पतालमा ल्याइएको थियो। जहाँ उपचार गर्दा-गर्दै उनको मृ-त्यु भएको थियो ।
मृ-त्यु भएकी महिलामा कोरोनाको पुष्टि भएसँगै उनको सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरेर परीक्षणको तयारी गरिएको छ। मृ-त महिलाका पति तथा शिशु अहिले धुलिखेल अस्पतालमा छन्।
शिशुमा कोरोना संक्रमण भए-नभएको बारे परीक्षण भइरहेको धुलिखेल अस्पतालले जनाएको छ। शिशुमा पीसीआर परीक्षणको लागि शिशुको पनि थ्रोड स्वाब संकलन गरिसकिएको छ।