सुत्केरी लिन गएको एम्बुलेन्स कालीगण्डकीमा खस्यो, एम्बुलेन्सको टुक्रा मात्र भेटियो !

काठमाडौँ – सुत्केरी लिन जाँदै गरेको एम्बुलेन्स दुर्घटनाग्रस्त भएर कालीगण्डकी नदीमा खसेको छ।

सुत्केरी लिन जाँदै गरेको ग १ झ ३११ नम्बरको एम्बुलेन्स म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर २ बैसरीस्थित कालीगण्डकी नदीमा खसेको हो।

एम्बुलेन्स नदीमा खसेपछि चालक बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय म्याग्दीमा अनुसार नदीमा खसेर बेपत्ता भएका चालकको पहिचान पनि खुल्न सकेको छैन।

दीको बहाव तीव्र हुँदा खोजीमा समस्या भइरहेको र एम्बुलेन्सको केही टुक्रा मात्र फेला परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

सुनकोशीले बगाएर दुई बेपत्ता

सिन्धुलीमा सुनकोशी नदीले बगाउँदा दुईजना बेपित्ता भएका छन् । नदीमा पौडी खेल्ने क्रममा नदीले बगाउँदा दुई युवा बेपत्ता भएका हुन् ।

आइतबार नदीमा पौडी खेल्न जाने क्रममा जिल्लाको फिक्कल गाउँपालिका–४ कुइभिरबाट दुईजनालाई सुनकोशी नदीले बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।

उनका अनुसार पौडी खेल्ने क्रममा सुर्खेत पञ्चकोटी नगरपालिका–७ घर भई हाल फिक्कल गाउँपालिका–४ खाङसाङमा काठको मिस्त्री काम गर्ने १९ वर्षीय दिनेश बुढाक्षेत्री र २० वर्षीय जनक बुढाक्षेत्रीलाई सुनकोशी नदीले बगाई बेपत्ता बनाएको हो ।

प्रहरीलाई सुनकोशी नदीले मानिस बगाएको भन्ने जानकारी आउनेबित्तिकै प्रहरी चौकी खाङसाङबाट प्रहरी टोली उद्धारका लागि परिचालन गरिएको उनको भनाइ छ । बेपत्ताको खोजी कार्यका लागि सातजना प्रहरी र स्थानीयवासीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रकाशित : आइतबार, जेठ ०४, २०७७११:५५

लकडाउन १५ दिन थप्ने तयारी !