काठमाडौँ । मानव शरिरभित्र पनि विभिन्न किसिमका परजिविहरुले डेरा जमाइराखेका हुन्छन् । जसले हाम्रो शरिरको लागि चाहिने आवश्यक पोषक तत्वलाई खाइरहेको हुन्छ । त्यस्त परजिविलाई मार्नको लागि प्राकृतिक रुपमा नै केही खानेकुराहरुको प्रयोग गर्न सकिन्छ । आज हामी तपाईहरुलाई प्राकृतिक रुपमा नै त्यस्ता परजिविलाई मार्ने केही खानेकुराको बारेमा बताउन गइरहेका छौँ ।
बेसार : खानेकुरा मध्ये बेसार पनि एक चमत्कारीक खानेकुरा हो । बेसारले शरिरभित्र अनावश्यक रुपमा डेरा जमाएर बसेका परजिविहरुलाई मारेर शरिरबाट बाहिर निकाल्न मद्दत गर्छ ।
ल्वाङ : ल्वाङमा रगतमा पाइने कार्योफिलिन तत्व मिसिएको हुने भएकाले ल्वाङको सेवन गर्दा परजिविहरु र तीनको अण्डालाई समेत मारिदिन्छ ।
लसुन : ताजा लसुनमा एलिसिन एन्टिबायोटिक्स पाइने भएकाले शरिरमा रहेका ढुसी फङगस जस्ता खतरनाक भाइरसलाई मारिदिन्छ ।
फर्सीको बियाँ : यसमा क्युकुरविटासिन पाइन्छ । त्यसकारण फर्सिको बिया सेवन गर्दा शरिरमा पाइने परजिविहरु तथा तिनका लार्भालाई समेत नष्ट गर्ने भएकाले फर्सिको बिया सेवन गर्नु लाभदायक रहेको छ ।
मेवाका दाना : मेवाको दाना सेवन गर्नाले शरिरभित्र रहेको परजीवि तथा जुकाहरुलाई मारिदिन्छ ।
अदुवा : जुका चुर्र्ना जस्ता परजिविलाई नष्ट गर्ने अर्को खानेकुरा हो अदुवा । जसले आन्द्राको संक्रमणबाछ बचाउँछ । आमाशयमा एसिडको नियमित उत्पादनमा पनि सहयोग पुर्याउँछ ।