कामशक्ति बढाउन आजै बाट सेवन गर्नुस् यो एक चीज, अन्य पनि छन् फाइदा !

काठमाडौँ । केसर एक बनस्पति हो । यसको फूल सुन्दर त छ नै, यो फूलमा सञ्जीवनी बूटीमा पाईने गूण विद्यमान छ । असल केसर पानीमा पूरै घुल्छ । भिजेको कपडामा रगड्दा पनि पहेलो रंग निस्कन्छ । तातो पनीमा लगाउँदा गाढा पहेँलो रंग निस्कन्छ ।
आज हामी केसरको फाइदा र उपयोगिताबारे जानकारी गराउँदै छौँ ।

१. कामशक्ति बढाउँछ
आयुर्वेदका अनुसार केसरले मानिसको कामशक्ति बढाउँछ । यसले मुत्राशय, लीवर, मष्तिष्क र आँखाको समस्या पनि हटाउँछ । यसमा शरीरलाई आवश्यक विभिन्न तत्वहरु विद्यमान हुन्छ ।
२. गर्भाशयको पीडा कम गराउँछ
यसको सेवनले गर्भावस्थामा हुने पीडा कम गराउँछ । ल्यूकोरिया तथा हिस्टेरिया जस्ता समस्या भोगिरहेका मानिसहरुलाई पनि फाइदा गर्छ । भर्खर जन्मेको बच्चालाई दुधमा मिलाएर केसर खुवाउनाले बच्चा सुन्दर र हृष्टपुष्ट हुन्छ । अनियमित महिनावारी पनि हटाउँछ ।
३. वीर्य शक्ति बढाउँछ
पुरुषको वीर्य शक्ति बढाउनको लागि मह, बदाम र केसर मिलाएर सेवन गर्नाले फाइदा गर्छ ।
४. पेट सम्वन्धी रोग नीको पार्छ
पेट सम्वन्धि विभिन्न समस्याहरु अपच, जलन, वायु विकार, आदि भएमा केसरले फाइदा गर्छ
५. चोट घाउ नीको हुन्छ
शरीरको कुनै भागमा चोट लागेमा या शरीरमा कुनै विषालु झुस पसेमा केसरको लेप लगाउनाले फाइदा मिल्छ ।
६. नाकबाट रगत बगेमा
नाकबाट रगत बग्ने समस्या भएमा चन्दनलाई केसरको साथमा पिसेर निधारमा लेप लगाउनाले आँखा र मष्तिष्कमा शीतलता महशुस हुन्छ, नाकबाट रगत बगत छोड्छ । टाउको दुखेको पनि हटेर जान्छ ।
७. बच्चालाई चिसो लागेमा
१–२ टुक्रा केसर, २–४ थोपा दूधलाई राम्ररी घोट्ने । यसमा एक चम्चा दुध मिलाएर बिहान बेलुका बच्चालाई पिलाउनुहोस् । केसर जाइफल वा ल्वाङ्गको लेप बनाएर बच्चाको टाउको, नाक छाती वा पीठमा लगाईदिनुहोस् । यसो गर्दा राती बच्चा राम्ररी सुत्न सक्छ ।
८. महिलाको लागि अति फाइदामुलक
केसर महिलाको लागि अति लाभदायक छ । विषेश गरी महिलाको महिनावारीको बेला दुख्ने समस्या, गर्भाशयको सुजन जस्ता समस्या देखिएमा केसरको सेवन गर्नुहोस् ।
९. बच्चालाई बार–बार पखाला लागेका
बच्चालाई बार–बार पखाला लागेमा केसरको १–२ पंखा भाँडामा राखेर त्यसमा २–३ थोपा पानी राखेर घोट्नुहोस् । यसमा पानीको साथ जाइफल आपको गुठली, सूठो बराबर मिलाएर पिस्नुहोस् र यसमा केसर मिलाएर हरेक बिहान बेलुका एक चम्चा बच्चालाई पिलाउनुहोस् ।
१०. तालु खुइलिएमा
थोरै मुलहठीको दुधमा एक चिम्टी केसर लगाएर घोेट्नुहोस् । यसलाई पेष्ट बनाएर राती सुत्ने बेला टाउकोमा लगाउनुहोसे । तपाईको तालु खुइलिएको समस्या हटेर जान्छ ।

प्रकाशित : आइतबार, जेठ ०४, २०७७१६:५६

किन पर्छ जुम्रा ? जुम्राले कस्ता मानिसलाई मन पराउँछ ? हेर्नुहोस् सम्पूर्ण जानकारी !