किन पर्छ जुम्रा ? जुम्राले कस्ता मानिसलाई मन पराउँछ ? हेर्नुहोस् सम्पूर्ण जानकारी !

काठमाडौँ, प्राय सानो उमेरमा सरसफाइ गर्न नसक्दा जुम्रा पर्छ भन्ने चलन रहेको छ । तर यसबारे गरिएको अध्यनबाट नयाँ तथ्य सार्वजनिक भएको छ । जुम्रा किन पर्छ ? कसरी पर्छ ? कुन उमेरको ब्यक्तिलाई जुम्रा पर्छ भन्ने बारे गरिएको एक अध्यनबाट यस्तो कुरा पत्ता लागेको छ । प्रत्येक वर्ष विश्वभरिबाट ६० देखि १२० लाख मानिसलाई जुम्रा पर्ने गरेको कुरा थाहा भएको छ । त्यसमा पनि स्कुल जाने बच्चामा भन्ने त हामी सबैले सुनेकै छौँ । जुम्रा एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सजिलै सर्छ । त्यसैले विद्यालयमा एउटाको टाउकोमा जुम्रा परेको छ भने अर्कोमा पनि सजिलै सर्छ ।

जुम्रा भनेको केहो ?

नाङगो आँखाले सजलै ठम्याउन नसक्ने गरेर निकै सानो अवस्थामा उत्पन्न हुने किरालाई जुम्रा भनिन्छ ।  ठुलो आकारमा जुम्रालाई तिलको गेडाको अकारमा देख्न सकिन्छ । विशेष गरेर जुम्रा खैरो र कालो  रङ्गको हुन्छ । जुम्रा अरु प्राणीमा निर्भर भएर बाँच्ने प्राणी भएकाले यसलाई प्यारासाइट भनिन्छ । जुम्रालाई बाच्नको लागि मानव शरिरको न्यानो चाहिन्छ । यसले शरिरको रगत खाएर बाच्छ । यसको खुट्टामा केही टाँसिने पदार्थहरु पनि हुन्छन् ।

जसको मद्दतले यो हाम्रो कपालमा टाँस्सिएर बस्ने गर्छ । जुम्रा टाउकोमा बस्दा अण्डा पार्ने गर्छ । यसलाई लिखा वा निट्स भनिन्छ । एउटा जुम्राको औसत आयु ३० दिनको हुन्छ । यसले एक दिनमा ८ वटासम्म अण्डा पार्ने गर्छ । जुम्राको अण्डा कपालको केसमा टाँसिएर बस्छ । त्यसको अण्डा फुटेपछि टाउकोेमा जुम्रा पर्ने गर्छ । विशेष गरेर टाउको राती धेरै चिलाउने गर्छ ।

किन जुम्राले सबैलाई मन पराउँछ ?

जुम्रा अन्य प्राणीमा भर पर्ने जीव भएकाले आफ्नो घर जो कसैको टाउकोमा बनाउने गर्छ । यसले सफा, कपाल फोहोर कपाल केही भन्दैन् । जुम्रा जो कसैलाई पनि पर्न सक्छ । सबैजना सँगै बसेर पढ्नु पर्ने भएकाले सबैभन्दा सानो उमेरका र स्कुल पढ्ने बालबालिकामा जुम्रा चाँडै सर्ने गर्छ । जुम्रा उपिया उडुस जस्तो उफ्रन नसके पनि दुई जनाले एउटै टोपीको प्रयोग गर्दा सर्न सक्छ । एउटै लुगा, सिरानी र खाट प्रयोग गर्दा पनि जुम्रा सर्न सक्छ ।

जुम्राको रोकथाम कसरी गर्ने ?

टाउकोमा जुम्रा पर्यो भने कसैलाई लुकाउनु हुँदैन् । यसरी लुकाउँदा यसले धेरैलाई असर गर्नुको साथै थुप्रै बच्चा जन्माउने र जुम्राको सख्या बढाउने गर्छ । स्कुल पढ्ने  बच्चामा यस्तो समस्या रहेको छ भने आफु भन्दा ठूलोलाई भन्नुपर्छ । अनि जुम्राबाट बच्न सकिन्छ । जुम्रा पर्यो भने जुम्रा मार्ने साबुन वा क्रिमको प्रयोग गर्नुपर्छ । सफा काइयोले कपाल कोर्नुपर्छ । यसो गरेमा जुम्रा आफै हराएर जान्छ । जुम्रा मार्ने क्रिमको प्रयोग गरेपछि टाउकोमा कपाल सुकाउने मेसिनको प्रयोग चाहिँ गर्नु हुँदैन ।

छोटो आयु भएको जुम्राले धेरै बच्चा जन्माएर जाने भएकाले जुम्रा परेपछि एकपटक आफ्नो कपडाहरुलाई तातोपानीमा धुनु राम्रो हुन्छ । आफुले लुगालाई हावा नछिर्ने झोलामा १० दिनसम्म राख्यो भने पनि त्यहाँ भएको जुम्रा मर्ने गर्छ । एक पटक आफ्नो कोठामा पनि सफा गर्नु जरुरी हुन्छ किनभने आफुले जुम्रा मार्ने क्रिमको प्रयोग गर्नु भन्दा अगाडी जुम्रा उडेर बसेको पनि हुन सक्छ ।

यस्तो बेलामा डाक्टरको सल्लाह अनुसार कडा औषधीको प्रयोग गर्न पनि सकिन्छ । जुम्रा कसैको लागि राम्रो होइन् । त्यसैले यसबाट टाढा रहनको लागि यस्ता उपायहरु अपनाउन सकिन्छ । त्यसको साथै अरुको काइयो वा अन्य लुगा कपडा प्रयोग गर्नु हुँदैन् । यसरी अरुको सामाग्री प्रयोग गरिएन भने अरुको जुम्रा सर्दैन् ।

प्रकाशित : आइतबार, जेठ ०४, २०७७१७:१०

स्वाद र गन्ध थाहा नपाउनु कोरोनाको लक्षण भएको पुष्टि !