लेवान्डोस्की र पाभार्डको गोलसँगै बायर्नको सहज जित

एजेन्सी – शीर्षस्थानमा रहेको बायर्न म्युनिखले कोभिड १९ को महामारीका बीच सुचारु जर्मन बुन्डेसलिगामा सहज जित हात पारेको छ । बायर्नले तुलनात्मक रुपमा कमजोर प्रतिद्धन्द्धी युनियन बर्लिनमाथि २–० को सहज जित निकालेको हो ।

स्टार फरवार्ड रोवर्ट लेवान्डोस्की र बेन्जामिन पाभार्डको गोलसँगै बायर्नले आइतबार राति भएको खेलमा युनियन बर्लिनलाई उसकै मैदानमा २–० को सहज जित निकालेको हो ।

खेलको १८औं मिनेटमा बायर्नका थोमस मुलरको गोल गरेपनि भीएआरको सहायताले उनको गोलले मान्यता पाएन । उनी अफसाइड ठहरिए । ४०औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै बायर्नलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । ८१औं मिनेटमा पाभार्डले गोल गर्दै बायर्नलाई २–० को सहज जित दिलाए ।

जितसँगै बायर्नले शीर्षस्थानमा ४ अंकको अग्रता बनाएको छ । बायर्नको २६ खेलबाट ५८ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमण्डको ५४ अंक छ । पराजित बर्लिन ३० अंक जोडेर १२औं यथावत रहेको छ ।

लिग अन्तर्गत अर्को खेलमा क्लोन र मेइन्ज २–२ गोलको बराबरी खेल्दै अंक बाडेका छन् । घरेलु टोली क्लोनले २–० को अग्रता लिएर पनि जोगाउन नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । क्लोनका मार्क अथ र फ्लोरिन काइन्जले तथा मेइन्जका ताइओ एओनियाी र पिरे कुन्डीले गोल गरे । बराबरीपछि क्लोन १०औं स्थानमा तथा मेइन्ज १५औं स्थानमा यथावत छ ।

प्रकाशित : सोमबार, जेठ ०५, २०७७००:१९

यी खेलाडीको नजरमा नेयमार भन्दा एमबाप्पे उत्कृष्ट !