काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले क्वारेन्टाइनमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएका युवकको मृ-त्युअगावै परीक्षण नगरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
सोमबार सामाजिक संजाल ट्वीटर मार्फत नेता शर्माले युवकको मृ-त्युअगावै किन परीक्षण नगरेको भन्दै प्रश्न गरेका हुन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन समेत गरेका छन्।
“क्वारेन्टाइनमा मृ-त्यु । साँपले टोकेर? होइन। भुइँमा लडेर ,आगोले डढेर? होइन। हृदयाघात, मस्तिष्कघात या आ-त्मह-त्या? होइन जिउँदैमा न परीक्षण न अस्पताल न उपचार।केवल एक मान्छेको मृ-त्यु पनि शतप्रतिशत मृ-त्यु हो।”,ट्वीटरमा शर्माले लेखेका छन्।
यस्तै केहि समय अगाडी नेपाली भूमिमा भारतले सडक बनाउँदै गरेको आफूलाई थाहा नै नभएको बताएका प्रधानमन्त्री माथि शर्माले व्यंग्य पनि गरेका छन्। उनले सरकारले यो मृ-त्युको घटना सरकार छ त्यता भने थाहा भयो कि भएन भनेर कटाक्ष गरेका छन्।
“सरकार छ त्यता कतै? के यहाँसमक्ष घटनाको थाहा पुग्यो?”,नेता शर्माको कटाक्ष छ।
क्वारेन्टाइनमा मृत्यु ! सांपले टोकेर ? होइन l भुंइमा लडेर ,आगोले डढेर ? होइन l हृदयाघात, मस्तिष्कघात या आत्महत्या ? होइन l
जिउँदैमा न परिक्षण न अस्पताल न उपचार l
केवल एक मान्छेको मृत्यु पनि @PM_Nepal
सतप्रतिशत मृत्यु हो l सरकार छ त्यता कतै ? के यहाँ समक्ष घटनाको `थाहा´ पुग्यो ?— Bishwa Prakash शर्मा (@bishwaprakash77) May 18, 2020