देउवाले एमसीसी छिटो पास गरौँ भनेपछि आक्रोशित भए भीम रावल, गरे यस्तो प्रश्न !

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रभावशाली नेता तथा प्रतिनिधिसभा सदस्य भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कुनै पनि हालतमा पारित हुन नहुने दोहोर्‍याएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारको नीति तथा कार्यक्रमका विषयमा बोल्दै नेता रावलले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताका परियोजना सरकारले नीति तथा कार्यक्रममा समेटेर राष्ट्रहित विपरित हुन जाने जिकिर गरे।

एमसीसी पारित गर्न नहुने भन्दा जनस्तरबाट समेत आवाज उठिरहेको अवस्थामा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताका परियोजना सरकारले नीति तथा कार्यक्रममा समेट्नु राष्ट्रहित र जनताको आवाज विपरीत हुने नेता रावलले बताए।

“एमसीसीसँग सम्बन्धित जुन कुरा यहाँ परेको छ । त्यो भयो भने नेपाली जनताले उठाउँदै आएको आवाज विपरीत हुने छ । राष्ट्रहित विपरीत हुनेछ । स्वाधिनता र स्वतन्त्र देशको हैसियतमा पैसामा साट्न सकिँदैन ।”,उनले भने।

यस्तै उनले एमसिसी पछाडिको ढोकाबाट आउन खोजेको जस्तो देखिएको भन्दै आपत्ति पनि जनाए। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबारको बैठकमा एमसीसी तत्काल पारित गर्न माग गरेको प्रति संकेत गर्दै महाकाली सन्धिको विषयको स्मरण गराए।

“नेपाली काँग्रेसका एक नेताले भन्नुभयो यो छिटो पास गर्नुपर्छ । उहाँले महाकाली सन्धिमा पनि त्यस्तै भन्नुभएको थियो । त्यसमा १०-१० वर्षमा पुनरावलोकन हुनेछ भन्ने कुरा भएको थियो, त्यसको न पुनरवालकोलकन भयो न कार्यान्वयन भयो ।”,उनले भने।

पैसामा स्वाधिनता साट्न नसकिने हुँदा कुनै पनि हालतमा एमसीसी पारित गर्न नहुने उनले तर्क गरे।

प्रकाशित : सोमबार, जेठ ०५, २०७७०७:००

शक्तिशाली बन्दै चक्रवात ‘अंपुन’: नेपालमा पनि असर पर्ने, सतर्क रहन आग्रह !