देशका ३१ जिल्लामा पुग्यो कोरोना: कुन जिल्लामा कति ? [सूची सहित]

काठमाडौँ – नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३ सय ५७ पुगेको छ। सोमबार दिउँसो बाँके, विराटनगर भैरहवालगायतका जिल्ला ५० जना भन्दा बढीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३ सय ५७ पुगेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार दिउँसो बाँकेमा ४७ जना र अन्माय जिल्लामा ६ जना गरी ५३ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ।

भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा बाँकेका ४६ पुरुष र एक महिलामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जनाएका छन्।

यस्तै गुल्मी, धादिङ्ग, मोरङ्ग, धनुषा, रौतहट र दाङमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको नियमित पत्रकार सम्मेलनमा उनले जानकारी गराए। सोमबार सम्म कोरोना भाइरस संक्रमणको पुष्टि हुने जिल्लाहरुको संख्या ३१ पुगेको छ। नेपालका दुई संक्रमितले ज्यान गुमाएका छन् भने ३६ जना निको भएर घर फर्किसकेका छन्।

कुन प्रदेशमा कति ?

मन्त्रालयले दिएको जानकारी अनुसार हाल सम्म सबै भन्दा बढी कोरोना भाइरस संक्रमित प्रदेश ५ मा फेला परेका छन्। त्यहाँ एक मृत्यु सहित १५९ संक्रमित फेला परेका छन्। यस्तै प्रदेश २ मा अहिले सम्म १३२ जना कोरोना संक्रमित फेला परेका छन। यस्तै प्रदेश १मा ४०, बागमती प्रदेशमा एक मृत्यु सहित १८ जना, गण्डकी प्रदेशमा ३ र सुदुरपश्चिममा ५ जना कोरोना संक्रमित फेला परेका छन्। कर्णाली प्रदेशमा भने अहिले सम्म कोरोनाको पुष्टि भएको छैन।

कुन जिल्लामा कति ?

तस्विर : www.coronanepal.live/

स्वास्थ्य मन्त्रालयका अनुसार ३२ जिल्लाका नागरिकमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। जस मध्ये सबै भन्दा बढी पर्सा जिल्लामा सबै भन्दा बढी ९१ जनामा कोरोनाको पुष्टि भएको छ। जसमध्ये ३ जना निको भएका छन्। पर्सा पछि बाँकेमा धेरै संक्रमित फेला परेका छन्। त्यहाँ एक मृत्यु सहित ८१ जना संक्रमित फेला परेका छन् भने कपिलवस्तुमा ४२ जना संक्रमित फेला परेका छन्।

हाल सम्म उदयपुरमा ३३ जना कोरोना संक्रमित फेला परेका छन्। जस मध्ये १५ जना निको भैसकेका छन्। २८ र २२ जना संक्रमित फेला परेका रुपन्देही र रौतहटमा एक-एक जना संक्रमित निको भएका छन्। सबै भन्दा पहिला कोरोना देखिएको काठमाडौँ जिल्लामा ९ संक्रमितको पुष्टि भएको छ। जसमा ५ संक्रमित निको भइसकेका छन्।

यस्तै धनुषामा ७, बारामा ४, दाङमा ४, कैलाली ४(४ जनानै निको भएका, चितवनमा ३(२ जना निको भएका), महोत्तरीमा ३, मोरङमा ३, बाग्लुङमा २(दुवै निको), बर्दियामा २, धादिङमा २, झापामा २( १ जना निको), सर्लाहीमा २, भक्तपुरमा २, भोजपुरमा १(निको भैसकेका), कञ्चनपुरमा १ (निको भइसकेको), गुल्मीमा १, काभ्रेपलाञ्चोकमा १, मकवानपुरमा १, नवलपरासी (पूर्व)मा १, नवलपरासी (पश्चिम)मा १, सप्तरीमा १, एक मृत्यु सहित सिन्धुपाल्चोकमा १, सिरहामा १ जना कोरोना संक्रमित फेला परेका छन्।

प्रकाशित : सोमबार, जेठ ०५, २०७७११:५६

गुल्मीका कोरोना संक्रमित आइसियूमा, भेन्टिलेटरको सहायतामा उपचार !