आइसोलेसनमा एकजनाको मृत्यु

सांकेतिक तस्विर

काठमाडौँ – अस्पतालको आइसोलेसनमा रहेका एक युवकको सोमबार मृत्यु भएको छ। रोल्पा नगरपालिका-१ सानो लिबाङका एक युवकको अस्पतालको आइसोलेसनमा मृत्यु भएको हो।

आइसोलेसनमै ज्यान गुमाएका युवक लामो समय देखि मृगौला रोगबाट ग्रसित रहेका थिए। उनलाई केहि दिन काठमाडौंको टिचिङ अस्पतालमा उपचार गरी फर्किएका उनलाई आइतबार राति साढे १० बजे रोल्पा अस्पताल रेउघामा भर्ना गरिएको र उपचारकै क्रममा सोमबार मृत्यु भएको बताइएको छ।

टिचिङ अस्पतालबाट फर्किएपछि घरमा भन्दा जिल्लाकै अस्पतालमा हेरचाह र उपचार सहज हुने भनेर परिवारजनले उक्त अस्पताल पुर्याएका थिए। आईसोलेसनमै ज्यान गएपछि उनको पिसिआर संकलन गरि परिक्षणका लागि पठाइएको छ।

अस्पताल श्रोतका अनुसार आरडिटी परिक्षणको रिपोर्ट भने नेगेटिभ आएको छ।

धनुषाका संक्रमित काठमाडौंमै

सोमबार कोरोना भाइरस संक्रमणको पुष्टि भएका धनुषाका पुरुष काठमाडौँमै रहेको खुलेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार कोरोनाका पुष्टि भएका धनुषाका पुरुष त्रिपुरेश्वरमा रहेको खुलेको हो।

प्राप्त जानकारी अनुसार, कोरोना पुष्टि भएका उनको स्थायी घर धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर ४ हो। उनी काठमाडौंको त्रिपुरेश्वरमा बस्दै एक निर्माण कम्पनीमा काम गर्दै आएको बताइएको छ।

२८ बर्षीय संक्रमित युवक निर्माण कम्पनीमा चालकको काम गर्दै आएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताएका छन्।सोमबार साँझ सम्म धनुषामा कोरोना भाइरस संक्रमितको संख्या ७ पुगेको छ।

प्रकाशित : सोमबार, जेठ ०५, २०७७१५:२६

ऐतिहासिक निर्णय: निशान छाप देखि विद्यालयमा पाठ्यपुस्तकमा अब लिम्पियाधुरासहित नक्सा !