सोमबार एकै दिन ८० जनामा कोरोनाको पुष्टि, सातै प्रदेश पुग्यो कोरोना !

काठमाडौँ – सोमबार राति थप १८ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं, वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान; भेरी अस्पताल, नेपालगंज, कोशी अस्पताल, बिराटनगरमा गरिएको परिक्षणबाट थप १८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो।

कोरोना पुष्टि हुनेहरुमा धनुषा निवासी २ जना पुरुष, खोटाङ हलेसी निवासी १ जना पुरुष, बाँक नरैनापुर निवासी १२ जना पुरुषहरू, दैलेख, आटबिस-१ निवासी १ जना पुरुष, सुनसरी निवासी १ जना पुरुष र झापा निवासी १ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सोमबार थपिएका १८ मध्ये एक जना कर्णाली प्रदेशमा पनि रहेका छन्। यस सँगै नेपालका सातै प्रदेशमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।

सोमबार यस अगाडी बिहान ९ जनामा कोरोनाको पुष्टि भएको थियो भने दिउँसो ५३ जनामा कोरोनाको पुष्टि भएको थियो। सोमबार एकै दिन नेपालमा ८३ जनामा कोरोनाको पुष्टि भएको छ।

नेपालमा अहिले सम्म ३७५ संक्रमित फेला परेका छन्। जसमध्ये २ जनाको ज्यान गएको छ भने ३६ जना निको भएर घर फर्किसकेका छन्।

प्रकाशित : सोमबार, जेठ ०५, २०७७१७:२४

अझै भेटिएनन् नेपालका लागि पूर्व बेलायती राजदूत रिचार्ड, खोजी थप तीव्र !