“नक्सा तयार हुनु ऐतिहाँसिक कोसेढुङा, अब आफ्नो भुमि फिर्ता लिनुपर्छ”

काठमाडौँ – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता तथा राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले लिपुलेक, कालापानी र लिम्पियाधुराका भू-भागलाई समेटेर नक्सा तयार पार्नु ऐतिहासिक कोसेढुंगा भएको बताएका छन्। मंगलबार सामाजिक संजाल ट्वीटर मार्फत श्रेष्ठले अतिक्रमित भूमि समेटेर नक्सा बनाउनु ऐतिहासिक कोसेढुंगा भएको बताएका हुन्।

अतिक्रमित भुमिसहित सम्पुर्ण भुभाग समेटेको नेपालको नक्सा तयार पारेकोमा उनले नेपाल सरकारलाई धन्यवाद समेत दिएका छन्।

“नेपाल सरकारले अतिक्रमित भुमिसहित सम्पुर्ण भुभाग समेटेको नेपालको नक्सा सार्बजनिक गरेकोमा हार्दिक धन्यवाद ।यो सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको सन्दर्भमा ऐतिहाँसिक कोसेढुङा बनेको छ।”,उनले ट्वीटरमा लेखेका छन्।

अतिक्रमित भुमिलाई नक्सामा उतारिसकिएको हुँदा आफ्नो भुमि फिर्ता ल्याउनको लागि राष्ट्रिय एकताकासाथ अघि बढ्नुपर्ने श्रेष्ठको बुझाई छ।

“नेपाल सरकारले अतिक्रमित भुमिसहित सम्पुर्ण भुभाग समेटेको नेपालको नक्सा सार्बजनिक गरेकोमा हार्दिक धन्यवाद ।यो सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको सन्दर्भमा ऐतिहाँसिक कोसेढुङा बनेको छ।अबको मुख्य काम भने आफ्नो भुमि फिर्ता लिईछाड्नु हो। त्यसनिम्ति राष्ट्रिय एकताकासाथ अघि बढौं ।”,श्रेष्ठले ट्वीटरले लेखेका छन्।

प्रकाशित : मङ्गलबार, जेठ ०६, २०७७०७:३५

प्रदेश नं २ का आठवटै जिल्लामा पुग्यो कोरोना !