मंगलबार २७ जनामा कोरोनाको पुष्टि !

काठमाडौँ – मंगलबार थप २७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। विभिन्न जिल्लाहरुमा गरी मंगलबार थप २७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले देशमा विभिन्न प्रयोगशालामा गरिएको परिक्षणबाट २७ जनामा कोरोनाको पुष्टि भएको जानकारी गराए।

प्रवक्ता डा विकास देवकोटाका अनुसार मंगलबार झापामा ९ जना, मोरङमा १ जना, सर्लाहीमा २, ललितपुरमा १, काठमाडौँमा ३, सुनसरीमा १, भक्तपुरमा १, मकवानपुरमा १, रामेछापमा १, सिन्धुलीमा १ लमजुङमा १, कपिलवस्तुमा ४, नवलपरासीमा १ गरी २७ जनामा कोरोनाको पुष्टि भएको छ।

मंगलबार २७ संक्रमितमा कोरोनाको पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ। जस मध्ये ३४० जना पुरुष रहेका छन् भने ६२ महिला रहेका छन्। मंगलबार सम्म ३६ जिल्लामा कोरोनाको पुष्टि भएको देवकोटाले बताएका छन्।

यस्तै झापाका एक जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्। विराटनगरस्थित कोशी अस्पतालमा उपचाररत उनी सोमबार निको भएर डिस्चार्ज भएका हुन्। यो सँगै नेपालमा संक्रमित भएर निको हुनेको संख्या ३७ पुगेको छ।

प्रकाशित : मङ्गलबार, जेठ ०६, २०७७१०:४३

उपत्यकाका तीनै जिल्लामा कोरोनाको पुष्टि, आज मात्रै पाँच जना थपिए !