यस्तो छ महाकाली नदी किनारमा भारतले बनाएको नागबेली बाटो ! [तस्विर सहित]

दार्चुला – भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको छ । भारतका रक्षामन्त्री राजनाथ सिंहले चीनको भूमिसँग जोड्ने गरी निर्माण गरेको गर्वाधार लिपुलेक सडकको केहि समय अगाडी उद्घाटन गरेका थिए।

महाकाली नदी किनारमा भारतले बनाएको नागबेली बाटो । नदी किनारैकिनार गुञ्जी, कालापानी हुँदै चीनको मानसरोबरमा जोड्न लिपुभञ्याङ जोडेको बाटो यही हो । तल्लो क्षेत्रमा उसले नदी किनारै किनार आफ्नैँ भूभागमा बाटो बनाएको छ भने गुञ्जीबाट भने अतिक्रमित भूभागको प्रयोग गरिएको छ । तस्वीर ः नारायण ढुङ्गाना÷रासस

नेपाल भारत लिपुलेकका विषयमा विवाद टुङ्गिन नपाउँदै भारतले लिपुलेकसम्मको सडकको उद्घाटन गरेको हो । कुटी, कालापानी, नाभीढाङ हुँदै लिपुलेक क्षेत्र नेपाली भूमि हो । सीमा अतिक्रमणको विषय टुङ्गिन नपाउँदै भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेपछि विरोधसमेत भइरहेको छ ।

चीनको सीमा क्षेत्रसम्म निर्माण गरिएको यो सडक व्यापारिक दृष्टिकोणले समेत प्रभावकारी भएको बताइएको छ । यसअघि भारतको तावाघाटदेखि व्यापारी र स्थानीयवासीले खच्चर र भरियामार्फत सामान ढुवानी हुँदै आएको थियो ।

महाकाली नदी किनारमा भारतले बनाएको नागबेली बाटो । नदी किनारैकिनार गुञ्जी, कालापानी हुँदै चीनको मानसरोबरमा जोड्न लिपुभञ्याङ जोडेको बाटो यही हो । तल्लो क्षेत्रमा उसले नदी किनारै किनार आफ्नैँ भूभागमा बाटो बनाएको छ भने गुञ्जीबाट भने अतिक्रमित भूभागको प्रयोग गरिएको छ । तस्वीर ः नारायण ढुङ्गाना÷रासस

भारत पिथौरागढको धार्चुला गर्वाधारदेखि माल्पा १० किलोमिटर, माल्पाबाट बुँदी नौ किलोमिटर, बुदीबाट गुंँजी १८ किलोमिटर, गुंजीबाट कालापानी आठ किलोमिटर र कालापानीबाट नाभीढांग आठ किलोमिटरसम्म स्थानीयवासीको पैदलयात्रा हुने गरेको थियो भने नाभीढांगबाट चीनको ताक्लाकोट पुग्न २५ किलोमिटर दूरी छ । भारतले कूल ७८ किलोमिटर सडकको ट्र्याक खुलाएको हो । भारतले चीनको सीमासँग जोड्ने गरी सडक निर्माण गरेको यो पहिलो सडक हो ।

प्रकाशित : मङ्गलबार, जेठ ०६, २०७७१३:३१

ह्वात्तै बढ्यो उपत्यकामा कोरोना परीक्षण गराउनेको सङ्ख्या