नेपालमा पहिलो पटक चिकित्सकमा देखियो कोरोना

काठमाडौँ – नेपालमा पहिलो पटक चिकित्सकलाई काेराेना संक्रमण पुष्टि भएको छ ।

मंगलबार कोरोना भाइरस संक्रमण पुष्टि भएका ललितपुरका कोरोना भाइरस संक्रमित चिकित्सक रहेको खुलेसँगै नेपालमै पहिलोपटक चिकित्सकलाई कोरोना सरेको पुष्टि भएको हो।

कोरोना पुष्टि हुनेमा स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुमा कार्यरत चिकित्सक रहेका छन्। ललितपुर महानगरपालिकाका ती २६ वर्षीय चिकित्सक स्वास्थ्य सेवा विभाग अन्तर्गत करारमा काम गरेका चिकित्सक हुन्।

मंगलबार उनीमा कोरोनाको पुष्टि भएसँगै ललितपुर जिल्लामा कोरोना भाइरस संक्रमणको प्रवेश भएको छ। उपत्यकाका दुई जिल्लामा कोरोनाको पुष्टि भएता पनि ललितपुरमा यस भन्दा अगाडी कोरोना देखिएको थिएन।

मंगलबार ललितपुरमा १ जना, भक्तपुरमा १ र काठमाडौँमा ३ जनामा कोरोनाको पुष्टि भएको छ।

प्रकाशित : मङ्गलबार, जेठ ०६, २०७७१४:१४

“नेपाल इतिहासमा कसैको गुलाम भएको छैन, बरु ज्यानको बाजी थापेर लड्छौँ तर झुक्दैनौँ”