कालीमाटीमा खटिएका दुई प्रहरीमा कोरोना !

काठमाडौँ – नेपाल प्रहरीका दुई जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। राष्ट्रिय जन स्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट नेपाल प्रहरीक दुई जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो।

कोरोना भाइरस संक्रमणको पुष्टि दुवै प्रहरी महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत छन्। महानगरीय प्रहरी परिसरका अनुसार पिसिआर परीक्षण गर्दा दुवैमा कोरोना पोजेटिभ देखिएको छ। पहिला गरिएको र्‍यापिड टेस्टमा पोजेटिभ देखिएपछि पिसिआर परीक्षण गर्दै दुवैमा कोरोनाको पुष्टि भएको बताइएको छ।

दुई जनामा कोरोनाको पुष्टि भएपछि उनीहरु बस्दै आएको व्यारेकमा कोरोनाको जोखिम बढेको छ। उक्त व्यारेकमा अहिले दुई सय १४ जना प्रहरी बस्दै आएका छन्।

उनीहरुलाई कसरी कोरोना संक्रमण भयो भन्ने बारे अहिले सम्म केहि पनि खुलिसकेको छैन। अहिले दुवै प्रहरीको कन्ट्याक्ट ट्रेसिङ शुरु गरिसकिएको छ।

प्रकाशित : बुधबार, जेठ ०७, २०७७०३:४०

कोरोना पुष्टि भएको २३ घण्टापछि मात्रै आइसोलेसनमा !