बंगलादेशका डाक्टरहरुले पत्ता लगाए कोरोनाको औषधि, ४ दिन मै निको भए ६० संक्रमित !

एजेन्सी – बंगलादेशका डाक्टरहरुले विश्व महामारी कोरोना भाइरसको उपचारमा प्रभावकारी औषधीको खोज गरेको दावी परेका छन्‌।

उनीहरूले यस उपचारमा कयौँ औषधी मिल्लाएर नयाँ औषधी तयार पारेको बताएका छन्‌। विभिन्न औषधीहरूकै मिश्रणब्राट बनाइएको यो औषधीबाट कोरोना भाइरस संक्रमित कयौँ बिरामीलाई ठीक पारेको टोलीले बताएको छ। विश्वमा अन्य कयौं देशमा यस भाइरसविरुद्ध प्रभावकारी औषधी तथा खोपको विकासका लागि शोध भइरहेको छ।

बंगलादेश मेडिकल कलेज हस्पिटलको मेडिसिन विभागका डाक्टर मोहम्मद तारिक आलमले यस ओषधीबाट ६० बिरामीले स्वास्थ्य लाभ गरिसकेको जानकारी दिए। यस ओषधी दुई औषधीको मिश्रणबाट तयार पारिएको उनको भनाई छ। यस्तै यो नयाँ औषधीको कुनै साइइ इफेक्ट पनि नभएको उनी दावी गर्छन्।

प्राय: प्रयोग हुने एन्टिप्रोटोजोल औषधी इवरमेक्टिनसँगै एन्टिबायोटिक मेडिसिन डाक्सिसाइक्लिन कोरोना संक्रमित बिरामीलाई दिइएको र त्यसले कम साइड इफेक्ट सहित राम्रो काम गरेको उनले बताए। श्वाससम्बन्धी समस्या भएका धेरै जस्तो संक्रमितहरुमा त्यस औषधिले काम गरेको उनको भनाई छ।

“कोरोना पुष्टि भएका बिरामीहरुलाई हामी यो औषधी दिन्छौं। यस औषधिको प्रयोग पछि धेरै बिरामीहरु ४ दिनमै कोरोना भाइरस संक्रमण मुक्त भएका छन्। धेरै जस्तो बिरामीमा यस औषधिको साइइ इफेक्ट देखिएको छैन।”,उनी भन्छन्,”औषधीको मिश्रणको सफलतालाई लिएर हामी शतप्रतिशत आश्वस्त छौँ।”

यस औषधिले राम्रो काम गरेपछि अहिले उनी बंगलादेशका अधिकारीहरूसँग मिलेर औषधीको अन्तराष्ट्रियस्तरमा प्रेटेन्टका प्राप्तिका लागि काग गरिरहेका छन्।

प्रकाशित : बुधबार, जेठ ०७, २०७७०३:४४

तपाईसँग भएको रुद्राक्ष कतै नक्कली त होइन ? घरमै यसरी पत्ता लगाउनुहोस् नक्कली रुद्राक्ष !