एजेन्सी – भारतमा मंगलबार हाल सम्मकै धेरै कोरोना संक्रमित फेला परेका छन्। बितेको २४ घण्टामा भारतमा अहिले सम्मकै धेरै कोरोना संक्रमित फेला परेका हुन्।
बुधबार बिहान सार्वजनिक तथ्यांकका अनुसार बितेको २४ घण्टामा त्यहाँ ६ हजार १ सय ४७ कोरोना संक्रमित फेला परेका छन्। जससँगै त्यहाँ कोरोना संक्रमितको संख्या १ लाख ६ हजार ४ सय ७५ पुगेको छ।
बितेको २४ घण्टामा भारतमा १ सय ४५ जनाको ज्यान गएको छ। जससँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ हजार ३ सय ०२ पुगेको छ।
भारतमा अहिले सम्म कुल संक्रमित मध्ये ४२ हजार ३ सय ९ कोरोना संक्रमित निको भइसकेका छन् भने ६० हजार ४५ कोरोना संक्रमितको विभिन्न अस्पतालमा उपचार चलिरहेको छ।
विश्वमा कोरोना भाइरस
बुधबार बिहान सम्म कोरोना भाइरस संक्रमितको संख्या ४९ लाख ८२ हजार ९ सय ३७ पुगेको छ। जस मध्ये सबै भन्दा धेरै अमेरिकामा १५ लाख ७० हजार ५ सय ८३ संक्रमित फेला परेका छन्।
बितेको २४ घण्टामा विश्वभर ९४ हजार ८ सय १३ जना कोरोना भाइरस संक्रमित फेला परेका छन्। बितेको २४ घण्टामा विश्वभर ४ हजार ५ सय ८९ जनाको ज्यान गएको छ। जसमध्ये १ हजार ५ सय ५२ जनाले अमेरिकामा ज्यान गुमाएका हुन्।