प्रहरीमा प्रशासनमा कोरोना, २०० प्रहरीको जोखिममा !

काठमाडौँ – काठमाडौँको महानगरीय प्रहरी वृत्त कालीमाटीका दुई प्रहरीमा कोभिड–१९ सङ्क्रमण देखिएपछि वृत्तलाई सिल गरेर राखिएको छ । अहिले महानगरीय प्रहरी परिसरको टोलीलाई त्यस क्षेत्रमा खटाइएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलका अनुसार एक जना प्रहरी नायब निरीक्षक र प्रहरी सहायक निरीक्षकलाई कोरोना देखिएको हो ।

त्यसपछि वृत्तलाई नै सिल गरिएको उनले जानकारी दिए। दुई दिनअघि यहाँका १९ प्रहरीको पिसिआर परीक्षण गरिएकोमा दुई जनामा कोभिड–१९ देखिएको थियो । यहाँ रहेका झण्डै ९२ सहित गरेर २०० प्रहरीको परीक्षण गर्नुपर्न आवश्यकता देखिएकाले सबैलाई क्वारेन्टाइनमा राखिएको पोखरेलले बताए।

अग्रपङ्क्तिमा बसेर काम गर्ने प्रहरीमा कोभिड–१९ लाग्छ भन्ने कुरा स्वभाविक आँकलन रहेकाले सङ्क्रमण हुँदैमा प्रहरी हतोत्साही नहुने उनले बताए। विश्वव्यापी महामारीको रुपमा फैलिएको विषम परिस्थितिमा मुलुकमा सङ्क्रमण फैलिन नदिन प्रहरीले अझै दृढ विश्वासका साथ आफ्नो कर्तव्यमा खटिनेसमेत उनले बताए।

प्रकाशित : बुधबार, जेठ ०७, २०७७१३:४५

लकडाउनमा १०० किमी सडक कालोपत्र, आठ पुल सम्पन्न !