थप १७ जनामा कोरोना भेटियोे, संक्रमतिको संख्या ४४४ पुग्यो !

काठमाडौं – नेपालमा थप १७ जना कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट १७ जनामा कोरोना भैरास संक्रमणको पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ संक्रमित झापा, धनकुटा र सुनसरी जिल्लामा रहेका छन्।

झापाको कचनाकवल गाउँपालिकामा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीका अनुसार कचनाकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८ मा कोरोना संक्रमित फेला परेका हुन् । उनीहरु १८ वर्षदेखि ४६ वर्ष उमेर समूहका पुरुषहरु रहेको बताइएको छ ।

यस्तै धनकुटाका ३४ वर्षीय पुरुष र सुनसरी धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिलामा पनि कोराना पुष्टि छ । यो सँगै प्रदेश १ मा संक्रमितको संख्या ७६ पुगेका छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणबाट उनीहरुमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको मन्त्रालयको भनाई छ।

मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य हालसम्म सामान्य छ भने उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा छ। योसँगै नेपालमा कोरोना संक्रमित भएकाहरुको संख्या ४ सय ४४ पुगेको छ ।

प्रकाशित : बिहिबार, जेठ ०८, २०७७०१:५६

शुल्क लिन दबाब दिने स्कुलमाथि छानविन शुरू : १ लाख २५ हजारसम्म जरिवाना हुन सक्ने !