यस जनावरबाट मानवमा सरेको रहेछ कोरोना, बैज्ञानिकहरुले गरे पुष्टि !

नेदरल्याण्डका बैज्ञानिकहरुले मांसाहारी जनावर मिंकमा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टी गरेका छन । मिंक फार्ममा कोरोना संक्रमण देखिएपछि नेदरल्याण्डका अधिकारीहरुले तीव्र रुपमा कोरोनाको परीक्षण गरिरहेका छन । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ।

मिंकमा गरिएको परीक्षणमा कोरोना भाइरस देखिएपछि मानिसमा उक्त जनावरले नै कोरोना भाइरस सारेको बिश्वास अधिकारीहरुले गरेका छन । नेदरल्याण्ड सरकारले मंगलबार राति एक नयां घोषणा गर्दै मिंकहरुमा कोरोनाको संक्रमण नदेखिने तर उसले मानिसमा सार्ने बताएको छ ।

चीनको उहान शहबाट शुरु भएको कोरोना भाइरस मानिसबाट मानिसमा सरेको बताइएपनि पछिल्लो नेदरल्याण्डका अधिकारीहरुका अनुसार मिंकबाट नै मानिसमा कोरोना भाइरस सरेको दावी गरेको छ ।

नेदरल्याण्ड सरकारले मुलुकभरमा र्फाममा रहेका मिंकहरु माथि कोरोना भाइरसको परीक्षण गर्ने घोषणा गरेको छ । नेदरल्याण्डका अधिकारीहरुले बिरालोबाट पनि कोरोना भाइरस सर्न सक्ने चेतावनी दिएको छ ।मिंक फार्ममा रहेका ११ वटा बिरोले मध्ये ३ वटामा कोरोनाको संक्रमण देखिएको पनि अधिकारीहरले जनाएका छन ।

प्रकाशित : बिहिबार, जेठ ०८, २०७७०२:२१

फोन ट्यापिङ गर्न पाउने विधेयक पारित