जेठ मसान्तसम्म सिमा र उडान बन्द !

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय उडान र सीमा नाका बन्द गर्ने समय जेठ मसान्तसम्म बढाउने निर्णय गरेको छ । जेठ १८ गतेसम्म बन्द गर्ने निर्णयलाई बढाएर मसान्त पुर्याएको हो । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । ‘मंगलबार बसेकै उच्च स्थायीय समिति बैठकले जेठ १८ गतेसम्म बन्द गरिएको हवाई उडान र सीमा नाकालाई जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो’, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले भने, ‘छोटो समय बसेको बैठकले यो निर्णय गरेको हो ।’

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले जेठ २० गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन गरेको थियो । त्यसपछि फेरि दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो । त्यसलाई निरन्तरता दिँदै वैशाख ३, त्यसपछि १२ दिन लकडाउनको अवधि थपेर वैशाख १५ र १० दिन थप गर्दै वैशाख २५, त्यसपछि पटक जेठ ५ गतेसम्म लकडाउन गरेको थियो । जेठ ४ गते बसेको मन्त्रिपरिषद् बैठकले जेठ २० गतेसम्म लकडाउनको अवधि थप गरेको थियो ।

प्रकाशित : बिहिबार, जेठ ०८, २०७७०३:०५

अधिकृतको कमाइ २६ करोड: दान र सरसापटीमा ४ करोड, ५ करोड ४४ लाखको जग्गा !