आफ्नै आमाको अङ्ग लु-च्छने पराईलाई आमा भनिदैन, चेतना भया: पुजा शर्मा!

काठमाडौँ, जेठ ८। नेपाली अभिनेत्री मनिषा कोइरालाले नेपाल र भारतबिच भएको सीमा वि’वादबारे बोल्दा यतिबेला उनिमाथि भारतीय मिडियाहरु खनिएका छन् । नेपालले आफ्नो मिचिएको भू-भाग समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि यसले भारतमा ठुलो हलचल ल्याएको हो ।

नेपालको नया नक्सा सार्वजनिक भएपछि  अभिनेत्री मनिषाले सामाजिक संजाल ट्विटरमार्फत आफ्नो अभिव्यक्ति दिदै यसो भनेकी थिइन्, ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद! अब हामी तिन महान देशहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौं ।’

लामो समयदेखि भारतमा कलाकारिता गर्दै आएकी मनिषाले यस्तो अभिव्यक्ति दिएपछि भारतीय मिडियाहरु उनि विरुद्ध उत्रिरहेका छन्। भारतीयहरु उनि विरुद्ध उत्रिरहदा  नेपाली जनता तथा कलाकारहरुले भने उनको पक्षमा बोलेका छन्। त्यस्तै अभिनेत्री पुजाशर्माले पनि उनको समर्थनमा बोल्दै लेखेकी छिन्, ‘आफ्नो व्यक्तित्व र अभिनयका कारण विश्वकै मन जित्न सफल नायिका मनिषा कोइरालाले नेपाली भूमिको बिषयमा टिप्पणी गर्दा भारतीय मिडिया रोइलो गरिरहेका छन् । तर, उनीहरुले सत्यता के हो भनेर केलाएर समाचार बनाउने र खोजी गर्ने चेष्टा गरेनन्, यो दुखको कुरा हो ।

मनीषा दिदीले भारतको नुन भिख मागेर खानुभएको हैन आफ्नो कलाकारितामा उभियर खानुभएको हो।  मनीषा दिदीको योगदानलाई लत्याउदै उल्टै अपशब्द बोल्ने मिडीया प्रति टीठ लागेर आयो।  नेपालीहरु काम र कर्मको सिलसिलामा सन्सारभर होलान तर जब देश र आफ्नो जमीनको कुरा हुन्छ त्यतिबेला देशकै पक्षमा बोलीन्छ। जन्मदिने आमालाई पराई ठानेर आफ्नै आमाको अङ्ग लुच्छने पराईलाई आमा भन्न सकिदैन चेतना भया | अर्को दुःख यसमा लागेको छकी भारतीय मिडीयाले नेपाल र मनीषा दिदीको बारेमा ठुलो ठुलो स्वरमा नानाभती भनीरहदा नेपालका मिडीयाहरुले खासै आवाज उठाउन सकेनन्।’

प्रकाशित : बिहिबार, जेठ ०८, २०७७०८:०१

उपत्यका पूर्ण रुपमा सिल, काठमाडौँ आउनै परे आरडीटी परीक्षणको रिपोर्ट बुझाउनुपर्ने !