काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापाले कोरोना परीक्षण र ट्रेसीङमा गम्भीर नभए स्थिति भयावह हुन सक्ने बताएका छन्।
प्रतिनिधिसभा सदस्य समेत रहेका थापाले कोरोना भाइरसको परीक्षण र ट्रेसीङमा अब पनि सुधार नभए स्थिति भयावह हुन सक्ने चेतवानी दिएका हुन्।
आफ्नो क्षेत्रको कोरोना संक्रमितको कन्ट्याक्ट् ट्रेसिङ पछ्याउँदा आफू आत्तिएको उनको भनाई छ। कपन,नक्साल तथा मैतीदेवीमा कोरोनाको पोजेटिभका घटनामा कन्ट्याक्ट् ट्रेसिङको प्रक्रिया पछ्याउँदै गर्दा आफू तर्सिएको उनको भनाई छ।
“मेरो क्षेत्रको कपन, नक्साल तथा मैतीदेवीमा कोरोनाको पोजेटिभ केसको कन्ट्याक्ट् ट्रेसिङको प्रक्रिया पछ्याउँदै गर्दा यसको गति र तरिका देखेर तर्सिएको छु।”,थापाले ट्वीट गर्दै भनेका छन्।
सामाजिक संजाल ट्वीटर मार्फत नै उनले स्वाथ्यमन्त्री भानुभक्त ढकाललाई समयमै गम्भीर बन्न आग्रह गरेका छन्। आफूले दिएको सुझावहरु प्रति मन्त्री ढकाल गम्भीर नभएको उनको आरोप छ।
“सुरुदेखि मैले उठाउँदै आएको यो विषय गम्भीरतापूर्वक लिनुभएन। अझै समय छ टेस्ट र ट्रेसमा सुधार गरौँ नत्र स्थिति भयावह हुन्छ।”, स्वाथ्यमन्त्री भानुभक्त ढकाललाई ट्वीटमा मेनसन गर्दै थापाले लेखेका छन्।
मेरो क्षेत्रको कपन,नक्साल तथा मैतीदेवीमा कोरोनाको पोजेटिभ केसको कन्ट्याक्ट् ट्रेसिङको प्रक्रिया पछ्याउँदै गर्दा यसकाे गति र तरिका देखेर तर्सिएको छु। @dhbhanu सुरुदेखि मैले उठाउँदै आएको यो विषय गम्भीरतापूर्वक लिनुभएन। अझै समय छ टेस्ट र ट्रेसमा सुधार गरौँ नत्र स्थिति भयावह हुन्छ।
— Gagan Thapa (@thapagk) May 21, 2020