आमा गुमाएमा शिशुले जन्डिस जिते, अस्पतालबाट डिस्चार्ज !

काठमाडौँ – कोरोना भाइरस संक्रमणका कारण आमा गुमाएकी शिशु डिस्चार्ज भएका छन्। धुलिखेल अस्पतालको आइसोलेसनमा रहेका १६ दिनका शिशुलाई शुक्रबार डिस्चार्ज गरिएको हो।

उनको दोस्रो पिसिआर रिपोर्ट पनि नेगेटिभ आएपछि डिस्चार्ज गरिएको धुलिखेल अस्पतालले जनाएको छ। यस अगाडी गरिएको पहिलो पिसिआर परीक्षणमा पनि उनको रिपोर्ट नेगेटिभ आएको थियो।

यस अगाडी शिशुमा जन्डिसको समस्या देखिएको थियो। शिशुको स्वास्थ्य अवस्थामा क्रमित सुधार आएसँगै डिस्चार्ज गरिएको अस्पतालका प्रवक्ताले बताएका छन्। डिस्चार्ज गरिएपनि शिशुलाई जिल्लाको क्वारेन्टिनमा राख्न सुझाव दिइएको छ। यस्तै शिशु सहित मृतक महिलाका अन्य आफन्तहरुलाई पनि डिस्चार्ज गरिएको छ।

सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया सुत्केरीको कारोना भाइरसका कारण गत हप्ता उपचारका क्रममा मृ-त्यु भएको थियो । मृतक महिलाको १३ दिनको शिशु, श्रीमान् तथा आफ्नो आमा र बहिनीको पिसिआर परीक्षणमा कोरोना भाइरस रिपोर्ट नेगेटिभ थियो।

मृतकका परिवारजनका अनुसार वैशाख २४ गते महाराजगञ्जस्थित शिक्षण अस्पतालमा सुत्केरी भएकी र २५ गते अस्पतालबाट डिस्चार्ज भई सिन्धुपाल्चोकस्थित घर गएको केही दिनपछि ती महिलाको स्वासप्रस्वासमा समस्या देखिन थालेको थियो । ती महिलाको बाह्रबिसेस्थित अस्पतालमा र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) गरी धुलिखेल ल्याइएको थियो ।

स्वास्थ्य मन्त्रालका अनुसार कोरोना भाइरसबाट मृ-त्यु हुने ती महिला नेपालमा पहिलो व्यक्ति हुन् । ती महिलासहित नेपालमा हालसम्म कोरोना भाइरसका कारण एक महिला र २ पुरुषको मृ-त्यु भएको छ ।

प्रकाशित : शुक्रबार, जेठ ०९, २०७७०७:४५

बाटो खन्‍न दार्चुला पुग्‍यो सेना: भारतीय बाटो प्रयोग गर्न पर्ने बाध्यताको अन्त गरिँदै !