काठमाडौँ – शुक्रबार थप २० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। देशमा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट २० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा डडेल्धुरा, मोरङ, बैतडीका एक-एक जना पुरूष र कैलालीका तीन जना र बाँकेका १४ जना पुरूषमा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकरी दिए।
यससँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको कुल सङ्ख्या ५ सय ७ पुगेको छ। शुक्रबार ९ जनामा पुष्टि भएपछि देशका ४१ जिल्ला कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।
नेपालमा थप २१ जना कोरोना भाइरस संक्रमित निको भएका छन्। खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा प्रदेश सरकराले स्थापना गरेको कोरोना विशेष आइसोलेशन अस्पतालमा उपचार गराईरहेका २१ जना निको भएर शुक्रबार घर फर्किएका हुन्। यस सँगै नेपालमा निको हुनेको संख्या ७० पुगेको छ।