एजेन्सी – पाकिस्तानमा शुक्रबार एक यात्रुबाहक विमान दुर्घटना भएको छ। करिब ९० जना यात्रु सवार विमान शुक्रबार कराचीका जिन्ना इन्टरनेशनल एयरपोर्ट नजिकै दुर्घटना भएको हो।
लाहोरबाट कराँचीका उडेको पाकिस्तान इन्टरनेशनल एअरलाइन्स पीआईएकाे ए ३२० एयरबस कराँची विमानस्थल नजिकै दुघर्टना भएको पाकिस्तानी संचारमाध्यमहरुले जनाएका छन्। उक्त विमान कराँची विमानस्थल नजिकै दुघर्टना भएको बताइएको छ। दुर्घटना बारे पिआइए प्रवक्ता अब्दुल्लाह हफिजले पुष्टि गरेको पाकिस्तानी मिडिया डनको भनाई छ।
हफिजका अनुसार ८३०३ कलसाइनको उक्त जहाज ९० जना यात्रु र ८ जना क्रु सदस्य सहित लाहोरबाट उडेको थियो। दुर्घटनामा के-कति मानवीय क्षति भएको बारे खुल्न नसकेको हफिजको भनाई छ। उनका अनुसार विमानमा रहेका यात्रुहरु मध्ये कति को मृत्यु भयो र कति घाइते भन्ने बारे जानकारी प्राप्त हुन बाँकि छ।
The PK 303 from Lahore to Karachi has crashed just before landing the officials confirm. The Airbus A320 went down onto the residential quarters, houses also damaged. pic.twitter.com/I3gu3kIL9W
— Iftikhar Firdous (@IftikharFirdous) May 22, 2020
सामाजिक संजाल तथा मिडियाहरुमा उक्त दुर्घटनाको भिडियोहरु देखा परेका छन्। सार्वजनिक भिडियोहरुमा धुवाँको मुस्लो निस्किएको देखिएको छ ।
Crash site footage from #Karachi pic.twitter.com/hnOMm3iHNu
— Mansoor Ali Khan (@_Mansoor_Ali) May 22, 2020