मेष राशि हुनेहरु यी ३ राशिसँग रहनुस् सावधान, सकेसम्म नगर्नुस् सङ्गत !

ज्योतिषशास्त्रका अनुसार हरेक राशिका फरक-फरक भाग्य, व्यवहार र आचरण हुन्छन्। यहि कारणले गर्दा हरेक राशिहरु एक-अर्का देखि फरक हुन्छन्। हरेक राशिमा सबै ग्रहको फरक-फरक असर रहने हुँदा भाग्य, व्यवहार र आचरणमा भिन्नता रहने ज्योतिषशास्त्रको दावी छ।

मेष राशि राशिचक्रको सबै भन्दा पहिलो राशि हो। जीवन शक्ति यस राशिको दोस्रो नाम हो। संघर्ष गर्न यस राशिका मानिसहरु कहिले पनि पछी हट्दैनन्।

आत्म केन्द्रित रहने भएता पनि मेष राशी हुनेहरु छिट्टै घुलमिल हुन्छन्। जीवनमा धेरै साथी कमाउने भएता पनि सबैसँग यिनको राम्रो सम्बन्ध भने रहँदैन।

मेष राशि हुनेहरुको कुन राशिसँग कस्तो सम्बन्ध रहन्छ ? भन्ने बारे केहि जानकारीहरु निम्न उल्लेखित छ।

यी राशिसँग हुन्छ धेरै राम्रो सम्बन्ध

सिंह र धनु राशिसँग मेष राशिको सम्बन्ध धेरै राम्रो हुन्छ। अन्य राशिहरुसंग भन्दा मेषको यी दुई राशिहरुसंग तालमेल राम्रो रहन्छ। समझदारी समेत छिट्टै हुने हुँदा यी दुई राशि हुनेहरुसँग मेष राशि हुनेहरुको मित्रता धेरै समय सम्म चल्न सक्छ।

कुम्भ राशिसँगको सम्बन्ध पनि मेष राशिको ठिकै रहन्छ। सम्बन्ध सिंह र धनुसँगको जस्तो नरहने भएता पनि अन्य राशिहरु भन्दा कुम्भ राशिसँगको मित्रता फलदायक नै रहन्छ।

यी राशिसँग हुन्छ ठिकैको सम्बन्ध

वृष र कन्या राशिका व्यक्तिहरुसँग मेष राशि हुनेहरुको सम्बन्ध मध्यम रहन्छ। उतार-चढावका बीच पनि यी दुई राशिसँगको सम्बन्ध धेरै समयसँग चल्छ। प्रेमको मामलामा वृष र कन्या राशि हुनेहरुसंग मेष राशि हुनेहरुको राम्रै तालमेल हुन सक्छ।

यी राशिसँग रहँदैन राम्रो सम्बन्ध

ज्योतिषशास्त्रका अनुसार कर्कट, वृश्चिक र मीन राशि भएका व्यक्तिहरुसँग मेष राशि हुनेहरुको सम्बन्ध खासै सुखद रहँदैन। यी तीन राशिसँग मेष राशि हुनेहरु कहिले पनि सन्तुष्ट हुन सक्दैनन्।

प्रकाशित : शुक्रबार, जेठ ०९, २०७७१३:२२

कुन राशिको भाग्य कुन उमेरमा चम्किन्छ?जान्नुहोस् राशी अनुसार विस्तृतमा !