राति जन्मने बढी भाग्यमानी की दिउँसो जन्मने ? [भाग्य र स्वभाव सहित]

एजेन्सी – ज्योतिषशास्त्रका अनुसार एक व्यक्तिको भाग्य, स्वभाव र व्यवहार जन्म समय अनुसार फरक हुने गर्छ। जन्म समयको आधारमा कुनै पनि व्यक्तिको भविष्य र स्वभाव बारे ज्योतिषहरुले अध्ययन गर्न सक्छन्।

जन्म समय अनुसार भाग्य र स्वभाव फरक हुने हुँदा दिउँसो जन्मिनेको भाग्य र स्वभाव रातमा जन्मनेहरु भन्दा फरक हुन्छ। ज्योतिषीहरुका अनुसार दिउँसो जन्मने र राति जन्मनेहरुको भाग्य र स्वभावमा के फरक छ त ? हेर्नुहोस् !

दिउँसो जन्मनेहरु

स्वास्थ्यको विषयमा कुरा गर्नुपर्दा राति जन्मिएकाहरु भन्दा दिउँसो जन्मनेहरु भाग्यमानी हुन्छन्। राति जन्मनेहरुको तुलनामा दिउँसो जन्मनेहरुलाई कम स्वास्थ्य समस्या रहने गर्छ। दिउँसो जन्मने व्यक्तिहरु फुर्तिला मात्र नभई राति जन्मनेहरुको तुलनामा कम अल्छी हुन्छन्। प्रत्येक काम इमान्दारीपूर्वक गर्ने यिनको बानि हुन्छ।

राति जन्मनेहरु भन्दा दिउँसो जन्मनेहरु अलि बढी भावुक हुन्छन्। उनीहरु अरुको समस्या देख्न नसक्ने भएकै कारण तत्काल मद्दतको लागि तयार हुन्छन्। धर्मप्रति पनि दिउँसो जन्मनेहरुको आस्था अलि बढी नै हुने गर्छ। उनीहरु भगवानप्रति पूर्ण विश्वास राख्छन् र उनीहरुको स्वभाव धर्मबाट प्रभावित हुन्छ ।

पारिवारिक र सामाजिक मूल्य-मान्यतालाई दिउँसो जन्मनेहरुले बढी स्थान दिन्छन्। सामाजिक प्रतिष्ठा र पारिवारिक खुसिको लागि उनीहरु जस्तो सुकै बलिदान दिन पनि तयार हुन्छन्।

राति जन्मनेहरु

कुण्डलीमा बृहस्पती र राहु बलियो हुने हुँदा राति जन्मनेहरु आर्थिक रुपमा प्राय दिउँसो जन्मनेहरु भन्दा बलियो हुन्छन्। उनीहरुलाई कहिले पनि पैसाको कमी हुँदैन । राती जन्मेका मानिसहरु आलोचक स्वभावका हुन्छन्। त्यही भएर उनीहरु अरुको आलोचनामा छिट्टै उत्रिन्छन्। दिउँसो जन्मनेहरुको तुलनामा राति जन्मनेहरु बढीनै रिसाहा हुन्छन्।

यस्तै राति जन्मनेहरु साथि बनाउने मामलामामा दिउँसो जन्मनेहरु भन्दा अगाडी हुन्छन्। राती जन्मेका व्यक्तिहरु निकै आत्मविश्वासी र नडराउने हुन्छन् त्यसकारण उनीहरु सार्वजनिक स्थानमा आफ्नो कुरा खुलेर प्रस्तुत गर्न पछि हट्दैनन्।

दिउँसो जन्मनेहरु भन्दा राति जन्मनेहरुको कल्पनाशक्ति र रचनाशक्ति बढी हुन्छ। तराति जन्मनेहरुको रूची कलाको क्षेत्रमा पनि रहने गर्छ। उनीहरु साहसी हुन्छन् र जस्तोसुकै जोखिम लिन तयार हुन्छन्।

प्रकाशित : शुक्रबार, जेठ ०९, २०७७१३:४५

द्रुतगतिमा सफलताको सिंढी चढ्छन् यी ३ राशि हुनेहरु, जसरी पनि गर्छन् प्रगति !