ब्राजिलमा कोरोनाको उग्र रुप, बिरामी राख्ने ठाउँ नहुँदा उच्च मृत्यु !

एजेन्सी – पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्यामा उच्च वृद्धि भएसँगै ब्राजिलले रसियालाई उछिनेको छ। रसियालाई उछिन्दै ब्राजिल सबै भन्दा बाशी संक्रमित हुने दोस्रो मुलुक बन्न पुगेको हो।

बितेको २४ घण्टामा मात्रै त्यहाँ १९ हजार ९ सय ६९ जना संक्रमित थपिएका छन्। जससँगै ब्राजिलमा कोरोना भाइरस संक्रमितको संख्या ३ लाख ३० हजार ८ सय ९० पुगेको छ।

यस्तै ब्राजिलमा पछिल्लो दिन मृत्यु हुनेको संख्या पनि उच्च देखिएको छ। बितेको २४ घण्टामा त्यहाँ ९ सय ६६ जनाको ज्यान गएको छ। जससँगै ब्राजिलमा ज्यान गुमाउनेको संख्या २१ हजार ४८ पुगेको छ।

बिगत एक हप्ता देखि ब्राजिलमा १५ हजार भन्दा बढी संक्रमित फेला परिरहेका छन्। केहि दिन अगाडी त्यहाँ हाल सम्मकै बढी २१ हजार ४ सय ७२ संक्रमित फेला परेका थिए।

ब्राजिलमा अहिले सम्म १ लाख ३५ हजार ४ सय ३० जना संक्रमित निको भएर घर फर्किसकेका छन् भने १ लाख ७४ हजार ४ सय १२ जना संक्रमितको उपचार चलिरहेको छ। जस मध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर छ। दैनिक बढी रहेको कोरोना भाइरस संक्रमितको संख्या वृद्धि भएसँगै ब्राजिल सबै भन्दा बढी प्रभावित दोस्रो मुलुक बन्न पुगेको छ।

ब्राजिलका अस्पतालहरुमा अहिले पर्याप्त बेडहरुको अभाव खड्किरहेको छ। जसकारण बचाउन सकिने संक्रमितहरुको पनि ज्यान गैरहेको त्यहाँका अधिकारीहरुले बताएका छन्।

प्रकाशित : शनिबार, जेठ १०, २०७७०४:०३

आइतबारदेखि सञ्चय कोषबाट विशेष सापटी लिन सकिने !