‘चीनले निर्माण गरेको खोप कोरोना भाइरसविरुद्ध एकदमै प्रभावकारी र सुरक्षित’

एजेन्सी – चीनले निर्माण गरेको खोप कोरोना भाइरसविरुद्ध प्रभावकारी र सुरक्षित देखिएको छ। अनुसन्धानकर्ताका अनुसार चीनले बनाएको खोप कोरोना भाइरसको संक्रमण रोक्न सफल देखिएको हो।

अनुसन्धानकर्ताहरुले खोपको प्रारम्भिक परीक्षणको प्रतिवेदन समेत सार्वजनिक गरेका छन्। सय जना भन्दा बढीमा परीक्षण गरी अनुसन्धानकर्ताहरुले खोपको प्रारम्भिक परीक्षणको प्रतिवेदन सार्वजनिक गरेका हुन्।

द ल्यानसेट जर्नलमा प्रकाशित प्रतिवेदन अनुसार खोपको पहिलो चरणको परीक्षण १८ देखि ६० बर्ष उमेर समुहका १ सय ८ जनामा गरिएको थियो भने खोप कोरोना भाइरसको संक्रमण रोक्न सफल देखिएको थियो।

खोप दिइएका संक्रमितहरुमा छिट्टै दुई हप्तामै रोग प्रतिरोधात्मक कोसीका बनेको पाइएको अनुसन्धानकर्ताहरुको दाबि छ। खोपको एक डोज मात्रै दिइएका व्यक्तिको शरीरमा दुई हप्ताभित्रै टी सेल्स नाम गरेको रोग प्रतिरोधात्मक कोषिका बनेको पाइएको अनुसन्धानकर्ताहरुले प्रतिवेदनमा उल्लेख गरेका छन्।

खोप दिइएको २८ दिनमै मानिसमा प्रतिरोधात्मक क्षमताका लागि आवश्यक एन्टिबडी उच्च तहमा पुगेको कुरा पनि प्रतिवेदनमा उल्लेख गरिएको छ। खोपको नतिजा एकदमै सकारात्मक रहेको अनुसन्धानकर्ताहरु बताउँछन्। प्रारम्भिक रुपमा गरिएको परीक्षणले यति राम्रो नतिजा दिनु एकदमै सकारात्मक रहेको विज्ञहरुको दाबि छ।

प्रकाशित : शनिबार, जेठ १०, २०७७०७:३२

उद्धार गरिएकी सुत्केरीको मृत्यु !