काठमाडौँ – शनिबार थप ३६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट ३६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो।
सेती अस्पतालमा चार जना, कोशी अस्पतालमा झापाका ३३ वर्षका पुरूष, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाँकेका ६ जना, नरैनापुरका १५ जना, नैनापुर १ मा ६ जना, बर्दियामा एक १९ वर्षीय पुरूष र सुर्खेतमा दुई पुरूष र एक महिला गरी तीन जनामा कोरोनाको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या पाँच सय ८४ पुगेको छ।