काठमाडौ । एक पटक लगाएपछि ३ महिनासम्म गर्व नबस्ने परिवार नियोजनको अस्थाई साधनलाई नै संगीनी सुई भनिन्छ । नेपालमा ६६ लाख भन्दा बढी संगीनी सुइ विक्री भइसकेका नेपाल सीआरएस कम्पनीले जानकारी दिएसगै यसको साइड एफेक्ट पर्ने कुराले पनि धेरै मानिसहरु डराइराखेका छन् ।
साथै यसका प्रयोग अधिक मात्रामा बढेसगै यसको डर पनि उतिकै बढेको छ । यस्तो अवस्थामा नेपालमा र विदेशमा पनि डाक्टरहरुले सकेसम्म यो सुइ प्रयोग नगर्न सल्लाह दिने गरेको छन् । हेरौ यसका के हो त सत्य कुरा ?सुरुवात गरौ बेफाइदाहरु
पहिलो कुरा तीन महिने सुइको प्रयोगले महिलामा मोटोपना आउन सक्छ । सुइभित्र हुने विशेष तत्वका कारण मोटोपना आउँछ । त्यसैगरी यो सुइको प्रयोगले ओठ, अनुहार, वा जिब्रो सुन्निने समस्यासमेत निम्त्याउन सक्छ । यो सुइको प्रयोगले विभिन्न खाले छालाका रोगहरु पनि ल्याउन सक्छ ।
त्यसैगरी महिनावारीमा समस्या देखिन्छ । यो सुइको प्रयोगले कहिलेकाही ६ महिनासम्म पनि मासिक स्राव नहुन सक्छ । यसले गर्दा महिलाहरुको समग्र स्वास्थ्यमा असर गर्छ । विशेषगरी युवा अवस्थाका महिलाहरुमा यो सुइको प्रयोगले स्तन क्यान्सर हुन सक्ने सम्भावना बढी हुन्छ । यसले शरीरको हड्डीमा पनि असर गर्न सक्छ । यसले हड्डीसँग सम्बन्धित विभिन्न रोगहरु पनि ल्याउन सक्छ । त्यसैगरी यो सुइको प्रयोगले १०० प्रतिशत गर्भधारण रोक्छ भन्ने नै छैन । यसअघि संगीनी सुइ प्रयोग गरेका तर गर्भ बसेका उदाहरणहरु धेरै छन् । यसो त प्रेसरका बिरामीहरुलाई यो सुइले झनै असर गर्ने डाक्टरहरुको सुझाव छ । यसले मांशपेशीहरुलाई अनावश्यक मोटो वा दह्रो बनाउने गरेको छ ।
त्यसैगरी नेपाल सीआरएस कम्पनीका एक कर्मचारीका अनुसार केहि साइड एफेक्ट हुने भएपनि स्वास्थ्यलाई नै प्रतिकुल असर गर्ने केहिपनि नहुने दावी गरेका छ । साथै महिलाको स्वास्थ्य हेरेर केहि साइड एफेक्ट हुनु वा त्यसखाले लक्षण देखिनु स्वाभाविक भएको तर स्वास्थ्यका हिसावले संगीनी सुइ सुरक्षित भएको जानकारी दिएको छ ।
तर यो कम्पनीले यस्तो भनेपनि केही नेपालका डक्टरहरले यसले असर गर्ने बताएका छन् । त्यसैगरी ७२ घन्टे औषधि त झन प्रयोग गर्नु नहुने बताए । यसका साथै आइरन चक्की सहितका पिल्सहरु प्रयोग गर्नु केहि हदसम्म ठिक भएको र परिवार नियोजनको अस्थाई साधनको हकमा स्वास्थ्यका हिसावले क-न्डमभन्दा राम्रो विकल्प केहि नभएको बताइएको छ ।