एजेन्सी, परिवर्तनशील समयलाई ध्यानमा राख्दै प्रत्येक आमाबाबुले आफ्नो सन्तानलाई त्यससंगै तयार पार्ने बारे चिन्ता गर्दछन् । ताकी उनीहरुको सन्तान परिवर्तनशील समयको साथअघि बढ्न सकुन् । जसको लागि आमाबाबुले सन्तान माथि पढाइको प्रेसर बनाइदिन्छन् । किनभने उनीहरु सोच्छन् कि स्मार्ट र तेज दिमाग अधिक अध्ययन गरेर मात्र बन्छ तर अध्ययनमा भन्दा धेरै चीजहरू छन् जुन बच्चालाई स्मार्ट र तेज बनाउन मद्दत गर्दछ । जसको लागि हरेक आमाबाबुले केहि चीजहरू ध्यानमा राख्नुपर्छ ।
यसरी गर्नुहोस् बच्चालाई अपग्रेड ;
- स्कूलको पुस्तकहरूको अतिरिक्त बालबालिकामा कथा पुस्तक पढ्ने बानि बनाउनुहोस् । कथा पुस्तकहरू पढेर बच्चाहरूको दिमाग रचनात्मक हुन्छ। छोराछोरी पनि समझदार हुन्छन् ।
- छोराछोरीलाई संगै राखेर गृहकार्य गराउनुहोस् । साथीको रूपमा बच्चाहरूसंग कुरा गर्नुहोस् । उनीहरूको समस्याहरू जान्न प्रयास गर्नुहोस् । तिनीहरूलाई जीवनमा अगाडी बढ्न प्रोत्साहन दिनुहोस् ।
- तपाईंको बच्चाहरुलाई बाह्य खेल खेल्नमा जोड दिनुहोस् । बाह्य खेल खेल्नुको कारण बच्चा शारीरिक र मानसिक रूपले बलियो हुन्छ । यसका साथै बच्चाको स्वास्थ्य राम्रो हुन्छ र मस्तिष्क पनि धेरै छिटो विकास हुन्छ ।
- बच्चालाई अधिक टिभि हेर्न नदिनुहोस् । किनकी बच्चाहरु टिभी कार्यक्रमहरुमा धेरै हराउँछन् र उनिहरु टिभि अगाडि बसेपछि घन्टौका लागि बस्छन् । यसरी तिनीहरूले मनोवैज्ञानिक विकास प्राप्त गर्न सक्दैनन् । २ बर्ष भन्दा मुनिका बालबालिकालाई टिभीबाट टाढा राख्नुहोस् ।
- भनिन्छ नि बच्चाले अरूले गरिरहेको कुरा सिक्छन् । त्यसैले, बच्चाको अगाडि तपाइ सम्भव रूपमा सक्रिय हुनुपर्छ । पुस्तकहरू पढ्ने, व्यायाम गर्ने, महत्त्वपूर्ण चीजहरू गर्ने गर्नुहोस् ताकी बच्चा माथि सकारात्मक प्रभाव परोस् ।
- घरका सना-तिना काममा बच्चाबाट मद्दत लिनुहोस् । त्यसो गर्दा उनीहरूले धेरै काम आफैँ गर्छन । यसले उनीहरूमा भरोसा सिर्जना गर्नेछ ।