बन्नुहोस् आफैं ज्योतिष ! यसरि आफ्नो जन्म समय अनुसार आफै थाहा पाउनुहोस् आफ्नो भविष्य !

हिन्दु धर्म अनुसार बच्चा जन्मिएको समयले धेरै कुराको निर्धारण गर्ने हुन्छ। प्राय जस्तो घरहरुको एक बच्चाको जन्म हुने वितिकै समय हेर्ने गरिन्छ। यस समयसँगै हरेक व्यक्तिको कुण्डली तयार पर्ने गरिन्छ। ज्योतिष शास्त्र अनुसार जन्म भएको समयलाई आधार मानेर एक व्यक्तिको राशी,नाम,नक्षत्रको बारेमा जानकारी निकाल्न सकिन्छ। ज्योतिष शास्त्रमा भविष्य जान्नको लागि धेरै तरिका रहेका छन्। तर बच्चा जन्मेको अनुसार त्यस बच्चाको व्यवहार थाहा पाउन सकिने विश्वास रही आएको छ। साथै जीवन कस्तो रहने विषयमा समेत थाहा हुने गर्छ। ज्योतिष शास्त्रमा एक द्दिनमा हुने २४ घण्टालाई १२ भागमा विवाजित गरिएको हुन्छ। दुई-घण्टा अन्तरालमा समयलाई विभाजित गरिने हुन्छ र यसको आधारमा व्यवहार साथै भविष्य कस्तो हुन्छ भनेर आकलन गर्ने गरिन्छ।

बिहानको ४ देखि ६ बजे सम्म

यस समयमा जन्म हुने व्यक्तिको कुण्डलीमा सुर्य प्रवल रहने हुन्छ। यो राम्रो स्वास्थ्य र आत्मविश्वासको प्रतीक हो। त्यस्ता बच्चाहरु प्रत्येक कार्यको निर्णय आफैं गर्न सक्ने हुँदा आफ्नो भविष्य आफैं बनाउने गर्छन्। साथै हरेक कार्यमा धेरै संकल्पित समेत रहने गर्छन्।

बिहानको ६ देखि ८ बजे सम्म

यस समयमा जन्म हुने व्यक्तिको जीवनमा धेरै रहस्यपूर्ण बदलावहरु आउने गर्छ। यस समयमा जन्म लिने व्यक्तिहरु खर्च अधिक गर्ने हुँदा खर्चमा नियन्त्रण राख्नु पर्ने हुन्छ। यस्ता व्यक्तिहरुको दिमाग समेत अशान्त रहने गर्छ।

बिहानको ८ देखि १० बजे सम्म

यस समयमा जन्म हुने व्यक्तिको जीवनमा धेरै मित्रहरु रहने गर्छन्। साथै यस समयमा जन्मिने व्यक्तिहरु धेरैनै सामाजिक रहने हुँदा आफ्नो प्राय समय आफ्नो आफन्त साथै मित्रहरु व्यतित गर्ने गर्छन्। सफलताको मामलामा पनि आफुले चिताएको सफलता हात लाग्ने गर्छ यस संयम जन्म लिने व्यक्तिहरुलाई।

बिहानको ११ देखि १२ बजे सम्म

यस समयमा जन्म हुने व्यक्तिको जीवनमा सूर्याको महत्वपूर्ण भूमिका रहने गर्छ। आफ्नो हरेक योजनामा सफल रहेन यस समयमा जन्म लिने व्यक्तिहरु अत्याधिक घमण्डी समेत रहने गर्छन्। चाहिने भन्दा धेरै आत्मविश्वास रहने हुँदा आफ्नो कलाको गलत प्रयोग समेत गर्ने गर्छन्।

दिउसो १२ देखि २ बजे सम्म 

यस समयमा जन्म हुने व्यक्तिको जीवनमा धेरै यात्रा गर्ने गर्छन्। यस्ता व्यक्तिहरु एउटी ठाउँमा टिका नसक्ने हुँदा प्राय आफ्नो मातृभूमि छोडेर विदेशमा रहने गर्छन्। दार्शनिक, धार्मिक, तेज दिमाग, परोपकारी स्वभाव हुने गर्छन् यस समयमा जन्म लिने व्यक्तिहरु। साथै यस समयमा जन्म लिने व्यक्तिहरु प्राय हरेक कार्यमा सफल रहने गर्छन्।

दिउसो २  देखि ४ बजे सम्म 

यस समयमा जन्म हुने व्यक्तिको जीवनमा मुद्रा सम्बन्धि कार्यमा सफल रहने गर्छन्। यौन सुखमा समेत विशेष ध्यान दिने यस समयमा जन्म हुने व्यक्तिहरु भित्रि रुपमा धेरै कामुक रहने गर्छन्। साथै यस समयमा जान हुने व्यक्तिले कानुनी रुपमा पनि जीवनमा बाधा खेप्नु पर्ने हुन्छ। यसता व्यक्तिहरुले दुर्घटना देखि समेत बच्नु पर्ने हुन्छ।

साँझ ४  देखि ६ बजे सम्म 

यस समयमा जन्म हुने व्यक्तिको जीवनमा विवाहलाई लिएर केहि तनाव आउने गर्छ। वैवाहरिक सम्बन्धमा समस्या आउने यस्ता व्यक्तिहरुले सम्बन्धको गहिराइमा पुगेर अध्ययन गर्नु पर्ने हुन्छ। शत्रु पनि अत्याधिक कमाउने यस प्रकारका व्यक्तिहरुले व्यवसायमा भन्दामा जागिर तिर केन्द्रित रहनु पर्ने हुन्छ। व्यवसाय गरेमा पनि आफ्नै रहोबरमा मात्रै गर्न उचित रहने गर्छ। कानुनी रुपमा पनि संयम रहनु यस समयमा जान लिने व्यक्तिको लागि उचित रहने गर्छ।

साँझ ६  देखि ८ बजे सम्म 

यस समयमा जन्म लिने व्यक्तिहरु धेरैनै सामाजिक रहने गर्छन् भने सामाजिक कार्यमा हरेक तवरबाट संलग्न रहने गर्छन्। परिश्रमको मामलामा यस समय जन्म लिने व्यक्तिहरु धेरैनै अगाडी हुने हुँदा हरेक क्षेत्रमा सफलता मिल्ने हुन्छ। तर स्वास्थ्यको मामलामा भने लापरवाही रहने हुँदा धेरै दुख झेल्ने गर्छन्,यस समय जन्म लिने व्यक्तिहरुले।

रातको ८ देखि १० बजे सम्म 

यस समयमा जन्म लिने व्यक्तिहरु कलाकारिताहरुमा धेरैनै कुशल रहने गर्छन्। संगीतमा साथै नृत्यमा समेत निपुण रहने यस प्रकारका मानिसहरु धेरै जसो प्रख्यात रहन सक्छन्। कार्य सिद्धि गर्ने इच्छाशक्ति धेरैनै रहने यस्ता मानिसहरु आफ्नो व्यवसायलाईनै आफ्नो रुची बनाउन खप्पिस हुने गर्छन्।

रातको १० देखि १२ बजे सम्म 

यस समयमा जन्म लिने व्यक्तिहरु सम्पतिको मामलामा धेरैनै भाग्यशालि हुने गर्छन्। पैत्रिक सम्पतिको मामलामा पनि धेरैनै भाग्यशालि रहने यस समयमा जन्म लिने व्यक्तिहरु व्यसायमा धेरैनै प्रगति गर्ने गर्छन्। यस समयमा जन्म लिने व्यक्तिको जिन्दगि बनाउन होस् यस विगार्न होस्,अभिभावककै हात रहने गर्छ।

रातको १२ बजे देखि २ बजे सम्म 

यस समयमा जान लिने व्यक्तिहरुको बौद्धिक क्षमता उच्च रहने गर्छ। अध्ययनमा सदा सफल रहने हुँदा यसता व्यक्तिहरुको जीवनमा जहिले पनि प्रसिद्धि मिल्ने गर्छ। यात्रा गर्न पनि धेरै रुचाउने गर्छन् भने पत्रकारिता साथै समाजसँग जोडिएको कार्य प्रति आकर्षित हुने यस समयमा जन्मिने व्यक्तिहरु धेरै प्रसिद्धि कमाउने गर्छन्।

रातको २ देखि ४ बजे सम्म 

यस समयमा जन्म लिने व्यक्तिहरु जीवनभर आर्थिक मामलामा सशक्त रहने गर्छन्। अत्याधिक धन आर्जन गर्न सक्ने यस प्रकारका मानिसहरु कलाको क्षेत्रमा समेत सफल हुने गर्छन्। साथै हरेक चुनौती पनि एस्सजिलै पार गर्न क्षमता भएका कारण धेरको प्रेरणाको पात्र समेत रहने गर्छन्।

प्रकाशित : शनिबार, जेठ १०, २०७७१६:२५

बुध र राहुको भेट, यी राशिलाई लाभै-लाभ !