सरकारी कर्मचारीमा कोरोनाको पुष्टि, आवाससँगै चार कार्यालय सिल !

अमरगढी – डडेल्धुरामा कोरोना पोजिटिभ देखिएका व्यक्ति सरकारी कर्मचारी भएको खुलेको छ । शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएका उनी डडेल्धुरा सदरमुकामकै कार्यालयमा कार्यरत रहेको खुलेको हो ।

डडेल्धुरा अस्पतालमा स्क्रब टाइफसको उपचार गराउन आएका ती व्यक्तिको स्वाब सङ्कलन गरी परीक्षण गरिएको थियो । परीक्षणपछि उनी स्क्रब टाइफसको औषधि लिएर अस्पतालबाट फर्किएका थिए तर पछि उनको कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।

सङ्क्रमितसँग सम्पर्क आएका कर्मचारी, सञ्चारकर्मी, होटल सञ्चालक तथा डडेल्धुरा अस्पतालमा कार्यरत स्वाथ्यकर्मी र कर्मचारी गरी १५० जनाको स्वाब परीक्षण गरिएको छ । बीस जनाको आरडिटी गरिएको र चिकित्सकसहित सात जना अन्य आइसोलेसनमा राखिएको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिए ।

जिल्लामा भारतबाट फर्किएका नागरिकलाई सबै स्थानीय तहले क्वारेन्टिनमा राखिरहेको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए । डडेल्धुरामा सात स्थानीय तहका ३० हजार सङ्ख्यामा डडेल्धुराबाट भारत गएको तथ्याङ्क छ । बिहीबार २८८ जनालाई क्वारेन्टिनबाट घर पठाइएको छ । शनिबार ६२६ जिल्लाका सात स्थानीय तहको क्वारेन्टिनमा रहेको प्रजिअ पन्तले बताए ।

भारतबाट फर्केकामा पिसिआर परीक्षण
सीमानामा अलपत्र नागरिकलाई उद्धार गरिएको छ । पाल्पाका स्थानीय तहको पहलमा कृष्णनगर र सुनौली नाकामा अलपत्र अवस्थाका युवकयुवतीलाई पाल्पा ल्याइएको छ ।

भारतबाट फर्केकालाई कोरोना परीक्षण गरी गाउँपालिका पठाउन सदरमुकाम तानसेनमा होल्डिङ क्वारेन्टिन सञ्चालनमा ल्याइएको छ । भारतबाट पाल्पा आउनेलाई क्वारेन्टाइनमा राखी पहिलो चरणमा कोरोना परीक्षण गरेर सम्बन्धित गाउँपालिकामा पठाइएको कोरोना हेल्पडेस्कका संयोजन टुकप्रसाद भट्टराईले बताए।

जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेका अनुसार भारतबाट फर्केका ६६ जनाको पिसिआर गरिएको छ । रामपुर नगरपालिकामा २४, पूर्वखोला गाउँपालिकामा २१, निस्दी गाउँपालिकामा २३, माथागढीमा तीन, रिब्दीकोट गाउँपालिकामा २, रैनादेवी छहरा गाउँपालिकामा दुई, तनहँुका एक र बाग्लुङका चार जनाको तानसेन क्वारेन्टिनमा पिसिआर परीक्षण गरिएको संयोजक भट्टराईले बताए।

कृष्ण नगर र सुनौली नाकामा अलपत्रलाई शनिबार पाल्पा ल्याइएको छ । कृष्णनगर नाकाबाट २७, सुनौलीबाट २७ र बर्दघाट हुँदै भित्रिएका चार जनालाई बर्तुङ र बतासेस्थित क्वारेन्टिनमा राखिएको संयोजक भटटराई बताए। तानसेनस्थित होल्डिङ क्वारेन्टिनबाट २३ जनालाई गाउँपालिकामा ल्याइएको निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले जानकारी दिए। कोरोना परीक्षणपछि सम्बन्धित व्यक्तिलाई क्वारेन्टिनमा राखिएको बताइएको छ ।

प्रकाशित : आइतबार, जेठ ११, २०७७०३:२८

९० देशका दूतावासलाई पछि पार्दै शाक्य बनिनन् ‘एम्बेसडर अफ द इयर २०१९–२०२०’ !