एजेन्सी – पहिल्लो केहि हप्ता देखि लद्दाखस्थित सीमा क्षेत्रमा भारत र चीन बीच तनाव बढेको छ। भारतीय सेनाले सीमा नाघेपछि त्यहाँ भारतीय र चिनियाँ सेना बीच तनाव बढेको हो।
हालसालै भारतीय सेनाको एउटा टोलीलाई चिनियाँ सेनाले नियन्त्रणमा लिएको खुलासा समेत भएको छ। अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार गत साता भारतीय सेनाको एउटा टोलीलाई चिनियाँ सेनाले नियन्त्रणमा लिएको थियो।
नियन्त्रणमा लिएपनि उनीहरुलाई रिहा गरिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्। यधपी भारतीय सेनाले भने यस खुलासालाई नकारेको छ। भारतीय सेनाका अनुसार कुनै पनि सैनिक जवानलाई चीनले नियन्त्रणमा लिएको थिएन।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले भारतीय सेनालाई चिनियाँ सेनाले नियन्त्रणमा लिएर रिहा गरेको दावी गरेपनि भारतीय सेनाले भने त्यस्तो केहि पनि नभएको बताउँदै आएको छ।
लद्दाखको प्याङ्गङ्ग ताल क्षेत्र र गालवन उपत्यका आसपाको लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी)मा चीनले सैन्य उपस्थिति बढाएको छ। भारतसँगको बढ्दो तनाबका बीच चीनले त्यस क्षेत्रमा सैन्य उपस्थिति बढाएको हो। चीनले गालवन गल्छीमा दुई सातायता १०० अस्थायी क्याम्प खडा गरिसकेको बताइएको छ।
यस्तै त्यस क्षेत्रमा भारतले पनि सैन्य क्षमता बढाउने भएको छ। शुक्रवार लेह पुगेका भारतीय सैन्य प्रमुख जनरल मनोज मुकुन्द नरवणे त्यस क्षेत्रमा सैन्य क्षमता बढाउने निर्देशन दिएका हुन्।
बिगत महिना देखि लद्दाख क्षेत्रमा चीन र भारत बीच तनाव बढ्दै गएको छ। एक महिनाको अन्तरालमा मात्रै त्यहाँ दुई देशका सेना बीच ३ पटक झडप भइसकेको छ।