हालान्डलाई जसरी पनि ल्याउने रियलको योजना, यी आठ खेलाडीको भविष्य अनिश्चित !

एजेन्सी – पहिल्लो समय नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डको जति सायदै अरुको चर्चा होला। यसै जनवरीको विन्टर ट्रान्सफर विन्डोमा अष्ट्रियाको साल्जबर्गबाट बोरुसिया डर्टमुन्ड पुगेका उनले आफ्नो लयलाई कायमै राखेका छन्। डर्टमुन्डका लागि लगातार गोल गर्दै आएका उनकै प्रदर्शनले डर्टमुन्ड बुन्डेसलिगाको उपाधि दाबेदारको रुपमा उभिन सफल भएको छ।

बिगत केहि समय देखि उनी चर्चा र चासोको विषय बनिरहेका छन। विश्वका ठूला-ठूला क्लबहरुले उनी माथि आँखा गाडिरहेका छन्। ती क्लब मध्ये स्पेनिस महारथी रियल म्याड्रिड पनि एक हो। क्रिस्टियानो रोनाल्डोले क्लब छाडेपछि उत्कृष्ट बिकल्प भेट्न नसकेको म्याड्रिडले हालान्डलाई विकल्पको रुपमा हेरेको छ ।

हालान्ड अहिले म्याड्रिडको उच्च प्राथमिकतामा छन्। हालान्डलाई जुनसुकै हालतमा खरिद गर्ने योजना म्याड्रिडको रहेको छ। यसको लागि उसले डर्टमुन्डलाई केहि खेलाडी प्रस्ताव समेत गर्न लागेको बताइन्छ।

ओस्कार रोड्रिगेज, डानी सेबाल्लोस, अल्भारो ओड्रिजोला, ब्राहिम डियाज, लुकास भाज्क्ज, मारियानो डियाज र टेकफुसा कुबो मध्ये एक खेलाडी डर्टमुन्ड पठाएर भएपनि हालान्डलाई भित्र्याउने म्याड्रिडको योजना छ। यस्तै यस कार्यको लागि रियलले जेम्स रोड्रिगेजलाई पनि बेच्न सक्ने बताइएको छ।

ओस्कार, सेबाल्लोस, ओड्रिजोला र कुबो अहिले लोनमा अन्यत्र छन्। यी खेलाडी क्लबलाई खासै काम नआएको हुँदा यी खेलाडी मध्ये एक जना अथवा त्यो भन्दा बढी खेलाडीको प्रस्ताव सहित हालान्डलाई किन्ने म्याड्रिडको योजना रहेको अन्तराष्ट्रिय संचार माध्यमहरु बताउँछन्।

प्रकाशित : आइतबार, जेठ ११, २०७७०८:५६

बार्सिलोनाका पूर्व अध्यक्षको नजरमा रोनाल्डोभन्दा नेयमार उत्कृष्ट !