बुध ग्रहले मध्यराति राशि परिवर्तन गरेको छ । सोमबार मध्यराति १२ बजेर ११ मिनेट पश्चात बुध वृषको यात्रा समाप्त गरेर मिथुन राशिमा प्रवेश गरेको हो ।
मिथुन बुधको स्वराशि हो। यस राशिमा यस अगाडी देखि नै राहुको उपस्थिति छ। बुधले राशि परिवर्तन गरेपछि राहुको नकारात्मक प्रभाव निष्क्रिय हुनेछ। बुध र राहु एक साथ हुँदा राहुका नकारात्मक प्रभावको अन्य हुने ज्योतिषीय विश्वास छ। बुधको राशि परिवर्तनले विशेषतः युवा, विद्यार्थी, व्यापारी, बैंकिङ्ग क्षेत्र तथा शिक्षण पेशामा हुनेहरुलाई प्रभाव पार्नेछ।
राशि अनुसार बुधको राशि परिवर्तन कुन राशिको लागि कस्तो रहला ?
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
पराक्रमभावमा बुधको उपस्थितले पराक्रम बढाउनेछ। प्रसिद्धि र प्रभाव बढेर जाँदा धेरै कार्यहरु सफल हुनेछन्। विषम परिस्थितिमा पनि लाभ निकाल्न सकिनेछ। उच्च अधिकारीहरुको सम्बन्धमा सुधार हुन सक्ला।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
बुधको राशि परिवर्तनले आकष्मिक धन लाभ हुनेछ। रोकिएका कार्य सुचारु हुनेछन् भने नयाँ कार्य थालनीको लागि पनि वातावरण सकारात्मक बन्न सक्ला। धेरै समय देखि अपूर्ण रहेका योजना सम्पन्न हुँदा आर्थिक पक्ष बलियो बन्नेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
बुधको राशि परिवर्तन मिथुन राशि हुनेहरुको लागि धेरै नै लाभप्रद रहने देखिन्छ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। पारिवारिक समस्या देखि पनि छुटकारा मिल्न सक्ला। स्वास्थ्यले पनि साथ दिनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
बुधको राशि परिवर्तन कर्कट राशि हुनेहरुको लागि खासै शुभ हुनेछैन। स्वास्थ्यमा विभिन्न प्रकारमा समस्या देखिनेछन्। विशेष गरेर आँखा सम्बन्धि समस्याले सताउन सक्ला। गरिएका प्रयास खेर जानेछन्। मानसिक रुपमा तनाव पनि बढ्न सक्ला।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
बुधको राशि परिवर्तन सिंह राशि हुनेहरुको लागि वरदान सावित हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउन सफल भैनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम बन्न सक्ला। शत्रु पनि सहजै पराजित गर्न सकिएला।
कन्या – टो, प, पि, पु, ण, ठ, पे, पो (Virgo)
बुधको राशि परिवर्तन कन्या राशि हुनेहरुको लागि पनि धेरै लाभप्रद रहने देखिन्छ। कानूनी रुपमा रहेका समस्या देखि छुटकारा मिल्नेछ। नयाँ कार्य थालनी गर्ने योजना सफल हुनेछन्। दक्षता र नेतृत्वशक्तिको बलमा अरुलाई प्रभावमा पार्न सफल भैनेछ। शत्रु पनि मित्रमा परिणत हुनेछन्।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
बुधको राशि परिवर्न तुला राशि हुनेहरुको लागि मिश्रित फलदायी हुने देखिन्छ। सामाजिक, पारिवारिक रुपमा समय राम्रै रहने भएपनि आर्थिक रुपमा भने समय खासै सुखद नरहला। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्लान्। यधपी विद्यार्थीहरुको लागि भने समय लाभप्रदनै रहनेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio )
बुध र राहु एकै ठाउँमा हुँदा वृश्चिक राशि हुनेहरुलाई खासै लाभ नमिल्ने देखिन्छ। कार्य क्षेत्रमा षडयन्त्रको शिकार भइन सकिएला। आफ्नै भनिएकाबाट धोका हुन सक्छ। सामाजिक प्रतिष्ठामा समेत आँच आउन सक्ने हुँदा सतर्क रहनु उचित देखिन्छ। यात्रा गर्न पनि शुभ देखिँदैन।
धनु – ये, यो, भ, भि, भु, ध, फ , ढ, भे (Sagittarius )
बुधको राशि परिवर्तनले धनु राशि हुनेहरुको जीवनमा मधुरता ल्याउनेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। शिक्षा तथा खेलकुदको क्षेत्रमा अपेक्षाकृत नतिजा मिल्द उर्जा बढ्नेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
शत्रुभावमा बुधको राशि परिवर्तन हुने हुँदा मकर राशि हुनेहरुको जीवनमा नकारात्मक परिवर्तन हुनेछन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। बन्न लागेका कार्यबाट समेत हात झिक्नु पर्ने अवस्था आउन सक्ला। स्वास्थ्यमा पनि समस्या देखिन सक्छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
बुधको राशि परिवर्तनके कुम्भ राशि हुनेहरुलाई सम्मान दिलाउनेछ। सामाजिक रुपमा प्राप्त भएका दायित्व पूरा गर्न सफल भइनेछ। विशेष गरी विद्यार्थीहरूको लागि समय परिमाणदयाक हुनेछ। यात्राले लाभ दिलाउनेछ भने प्रेम सम्बन्ध पनि बलियो भएर जानेछ।
मीन -, दु, थ,ञ, दे, दो, च, चि (Pisces)
मीन राशि हुनेहरुलाई बुधको राशि परिवर्तनले दुख दिने देखिन्छ। बन्न लागेका कार्य समेत बिग्रिनेछ्न्। बोलिका कारण सम्बन्धहरु बिग्रिनेछ्न् भने परिवारमा पनि कलह बढ्नेछ। महत्वपूर्ण सामग्री हराउन सक्ने हुँदा सतर्क रहनु होला। आर्थिक समस्याले घेर्दा मानसिक तनाव बढ्नेछ।