हेर्दा-हेर्दै कोहि बेहोस भए के गर्ने ? थाहापाइराख्नुस् ज्यान बचाउने उपाय !

मान्छे बेहोस भएको तपाईले देख्नु भएकै होला । जहिले जहाँ पनि र जस्तो अवस्थामा पनि मान्छे बेहोस भैदिन्छ । कोही अचानक बेहोस भएमा, उनीसँगै भएका अन्य मानिस आत्तिन्छन् । तर यो अवस्थामा बेहोस भएका मान्छेलाई लाइभ सपोर्टको आवश्यकता पर्छ । जो बेहोस भएका मानिको नजिक भएकाले मात्रै गर्न सक्छन् । बेहोस भएका मान्छेको ज्यान बचाउने वा नबचाउने नजिकका मान्छेको हातमा हुन्छ । कुनै मान्छे तपाईको नजिक अचानक बेहोस भयो भने तपाईले गर्नु पर्ने सहयोग बारे मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले यस्तो सुझाव दिएका छन् ।

–बेहोस भएका मानिसलाई रिकभरी पोजिसनमा राख्न जरुरी हुन्छ । जसका लागि पहिला बेहोस भएको मानिसलाई देब्रे कोल्टो पारेर सुटाउनुपर्छ ।

–त्यसपछि देब्रे खुट्टालाई सीधा पारी दाहिनेलाई खुम्च्याइदिनुपर्छ । त्यस्तै, देब्रे हातलाई खुम्च्याउनुपर्छ र दाहिनेलाई चिउँडोको तल राख्नुपर्छ । यदि छारेरोगजस्तो समस्याका कारण बेहोस भएको अवस्थामा जिब्रो काटिएर फोक्सोमा रगत पुगी मानिसको मृत्युसमेत हुन सक्ने भएकाले यस्तो गर्नुपर्छ ।

–रिकभरी पोजिसनमा नराखेको खण्डमा श्वास रोकिएर मानिसको मृत्यु हुन सक्ने सम्भावना हुन्छ । बेहोस भएको खण्डमा कहिल्यै पनि नाक थुन्ने, पानी खुवाउन खोज्नेलगायतको गतिविधि गर्नु हुँदैन ।

–धेरै मानिस ब्लडप्रेसर न्यून भएर बेहोस हुने गर्छन् । यस्तो अवस्थामा नाडी कमजोर हुने, बिरामीको अनुहारको रङ उड्दै जानेलगायतका समस्या हुन सक्छ । पहिला मानिसको खुट्टा उचालिदिनुपर्छ र सिरानी झिकिदिनुपर्छ । ताकि खुट्टातिरबाट रगत मस्तिष्कमा पुगोस् । यस्तो अवस्थामा मानिसलाई बसाउने, केही कुरा खुवाउन खोज्ने, दाँत उप्काउनेलगायतका गल्ती गर्नु हुँदैन । र, रोगी होसमा आउनेबित्तिकै नुनिलो र झोलिलो खानेकुरा खुवाउनुपर्छ ।

प्रकाशित : आइतबार, जेठ ११, २०७७१२:०९

भुलेर पनि पटक-पटक नछुनुहोस् शरीरका यी ४ अंगहरु, जानिराखौ !